NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

लुम्बिनीमा एमालेका गिरी मुख्यमन्त्री नियुक्त

काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लिला गिरी नियुक्त भएका छन् ।

बुधबार गिरीले ५८ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुख कार्यालयमा दाबी पेश गरेका थिए । गिरीलाई नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ जना गरी ५८ सांसदको समर्थन छ ।

प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई मूख्यमन्त्री नियुक्त गरेका हुन् । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा सरकार गठन गर्न ४४ सांसदको समर्थन आवश्यक पर्छ । यहाँ विपक्षी कांग्रेसको २७ सिट छ । गठबन्धनका शीर्ष नेताको बैठकले लुम्बिनीमा एमालेलाई पाँच वर्ष सरकारको नेतृत्व दिने सहमति भएपछि लुम्बिनीका माओवादीभित्र असन्तुष्ट देखिएका छन् ।

लुम्बिनीमा माओवादीका जोखबहादुर बुढाले मुख्यमन्त्री दाबी गरेका थिए । मुख्यमन्त्री बन्ने विषयमा एमाले र माओवादीबीच विवाद भएपछि मंगलबार गिरी मुख्यमन्त्रीमा नियुक्त हुन सकेका थिएनन् ।