NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमालेका रावल नियुक्त

काठमाडौं । २९ प्रदेशसभा सदस्यको समर्थनसहित सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एमाले) का राजेन्द्रसिंह रावल नियुक्त भएका छन् ।

प्रदेश प्रमुख देवराज जोशीले एमालेका संसदीय दलका नेता रावललाई संविधानको धारा १६८ को उपधारा (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

रावल सत्ता गठबन्धनभित्रका ११ माओवादी, १० एमाले, सात नागरिक उन्मुक्ति पार्टी र एक राप्रपा गरी २९ जना सदस्यको समर्थनसहित नियुक्त भएका हुन् ।

केन्द्रमा सुदूरपश्चिम सरकारको नेतृत्व एमाले र माओवादीले पालोपालो गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार एमालेले मुख्यमन्त्री दाबी गर्दा सभामुख माओवादीको भागमा परेको हो ।