NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

जनसंख्या वृद्धि नियन्त्रण गर्न शहरीकरणको व्यवस्थापन

काठमाडौं । जनतामा विश्वास देखिन्छ– लोकसेवा आयोग निष्पक्ष छ । त्यसैले निजामती सेवाका लागि आवश्यक कर्मचारी नियुक्त गर्न यसले लिने परीक्षाप्रति आकर्षण छ । इमान्दारीपूर्वक अध्ययन गरेर लोकसेवा उत्तीर्ण भई सेवा प्रवेश गर्ने सपना धेरैको हुन्छ । उचित तयारी र प्रस्तुति परीक्षाका अनिवार्य सर्त हुन् । यही सन्दर्भलाई ध्यानमा राखी नेपालवाच डटकमले पूर्वप्रशासक, प्रशासक र विषयविज्ञबाट समाधान पहिल्याउने प्रयास थालेको छ । आजको श्रृंखलामा सहसचिव डा.टोकराज पाण्डेले जनसंख्या वृद्धि नियन्त्रणका लागि शहरीकरणलाई व्यवस्थित कसरी गर्ने भन्नेबारे प्रश्नमा समाधान सुझाउनुभएको छ ।

जनसंख्या बृद्धि र शहरीकरणबीच अन्तरसम्बन्ध हुन्छ । जनसंख्या बृद्धि नियन्त्रण गर्न शहरीकरणलाई व्यवस्थित गर्ने उपायमाथि चर्चा गर्नुहोस् । ५

शहरीकरणको मेरुदण्ड जनसंख्या

साना शहर तथा ग्रामिण क्षेत्र क्रमश विकास हुँदै ठूला शहरमा रुपान्तरण हुने प्रक्रिया शहरीकरण हो । शहरीकरणको अर्को आधारभूत तत्व भनेको घना आवादी नै हो । जनसंख्या र शहरीकरणबीच सहसमबन्ध रहेको हुन्छ ।

जनसंख्या बृद्धि नियन्त्रण गर्न शहरीकरणलाई व्यवस्थित गर्ने उपायहरू

  •  जनसंख्या बृद्धि नियन्त्रण गर्न स्पष्ट तथा दिगो सोचमा आधारित नीतिको तर्जुमा गरि सोको कार्यान्वयन गर्ने,
  • सन्तुलित विकासमा ध्यान दिने,
  • विकेन्द्रीत शासन पद्धती अवलम्बन गर्ने,
  •  ग्रामिण क्षेत्रमा पूर्वाधार विकास गर्ने,
  •  शहरीक्षेत्रमा फोहर मैलाको उचित व्यवस्थापन गर्ने,
  •  नागरिक चेतनामा विस्तार गर्ने,
  •  खानेपानी तथा ढल निकासको यथोचित व्यवस्था गर्ने,
  •  खुल्ला पार्क तथा मनोरञ्जन स्थलको विकास गर्ने,
  •  शहरमा हुने ध्वनी तथा वातावरण प्रदूषण नियन्त्रण गर्ने,
  •  शहरमा जनसंख्याको चाप कम गर्न ग्रामिण क्षेत्रमा साना शहरहरूको विकास गर्ने,

यसरी,

नेपालमा जनसंख्या बृद्धि तथा अव्यवस्थित शहरीकरणको स्थिती अत्यन्तै नाजुक रहेको अवस्था छ । तसर्थ यसको समस्याको समयमै सुधार गर्न सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो प्रयास गर्नु जरुरी रहेको छ ।

(हामीले सुरु गरेको यो श्रृंखला तपाईंलाई कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला । अनि तपाईंसँग पनि लोक सेवा परीक्षासँग सम्बन्धित कुनै जिज्ञासा, अन्याेलता छन् कि ? यदि छन् भने हाम्रो इमेल ठेगाना [email protected] मा त्यसबारे लेखी पठाउनुहोला । प्राप्त उपयुक्त जिज्ञासा अनुभवी प्रशासक र पूर्वप्रशासकसमक्ष राखेर उहाँहरूले पहिल्याएकाे समाधान यहाँहरूसमक्ष पस्किने छौं ।)

लोक सेवा परीक्षा तयारीसँग सम्बन्धित यसअघि प्रकाशिन सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्