NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते
एजुकेशन डायलग

विद्यार्थीले के चाहन्छ विद्यालय, अभिभावक र शिक्षकबाट ?

काठमाडौं । शिक्षा, अँध्यारो छिचोलेर उज्यालोमा पुग्ने एउटा सुन्दर यात्रा ।

यही यात्रा तय गर्न देशभर बर्गेल्ती विद्यालय, कलेजलगायत शैक्षिक संस्था खुलेका छन् । शहरमा निजी शैक्षिक संस्थाको उपस्थिति बाक्लो छ भने ग्रामीण इलाकामा सरकारी शैक्षिक संस्थाको । तर के यो गन्तव्य भेटाउन तय हाम्रो दिशा र तौरतरिका उपयुक्त छ त ?

निजी शैक्षिक संस्था स्रोत र साधन सम्पन्न भए पनि हाम्रा सरकारी विद्यालय र कलेजको स्तरोन्नति अझै अपेक्षित हुन सकेको छैन । पूर्वाधारदेखि शिक्षण विधिसम्ममा पछाडि छन् ।

समस्या स्रोत र साधनमा मात्र छैन, सामाजिक, मनोवैज्ञानिकलगायत पाटोमा पनि उत्तिकै छ । शिक्षक र विद्यालयसँगको अपेक्षा एकातिर अनि डेलिभरीचाहिँ अर्कोतिर भइरहेको छ । समाजसँग पनि जुध्नुपरिरहेको हुन्छ एउटा विद्यार्थी । यस्ता विषयले विद्यार्थीको सर्वांगीण विकासमा असर पारे पनि हाम्रोमा  बहस र छलफलचाहिँ निकै कम हुने गरेका छन् ।

शैक्षिक क्षेत्रका तमाम विषयमा बहस छेड्न नेपालवाच र किङ्स कलेजले संयुक्त रूपमा थालेको ‘एजुकेसन डायलग’को पहिलो श्रृंखलामा आज हामीले विद्यालय र विद्यार्थीका कुरा समेटेका छौं । सुनौं, भर्खरै विद्यालय शिक्षा सकाएकी अर्पना दनुवारसँग गरिएको कुराकानी ।