NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

गण्डकीका मुख्यमन्त्रीले पाए विश्वासको मत

काठमाडौ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् ।

अधिकारीको पक्षमा एमालेका २१, माओवादी केन्द्रका ८ र राप्रपाका २ गरी ३१ जना सदस्यले मत हालेका छन् । उनको विपक्षमा कांग्रेसका २७ सदस्यले मतदान गरेका छन् ।

स्वतन्त्र सांसद राजीव गुरुङले भने प्रदेशभा बैठकमा अनुपस्थित रहे । पूर्वमन्त्री तथा एमाले संगठन विभाग प्रमुखसमेत रहेका अधिकारीलाई २५ पुसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री नियुक्त गरेका थिए ।