NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

‘भारत जोडो यात्रा’मा सरिक सांसदको मृत्यु, अभियान स्थगित

काठमाडौं । राहुल गान्धीको ‘भारत जोडो यात्रा’मा सरिक एक सांसदको मृत्यु भएको छ । सांसदको मृत्युपछि यो यात्रा स्थगित गरिएको छ ।

भारत जोडो यात्रामा सरिक कांग्रेस सांसद सन्तोख सिंहको मृत्यु भएको हो ।

पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले ट्वीट गर्दै सन्तोख सिंहको मृत्युको जानकारी दिएका छन् ।

बीबीसीका अनुसार, उनलाई यात्राका क्रममा फिल्लौरमा हृदयघात भएको थियो । तत्काल उद्धार गरेर एम्बुलेन्समार्फत अस्पताल पुर्याइए पनि चिकित्सकले बताउन सकेनन् ।

पञ्जाबको जलन्धरका सांसद सिंह लुधियानाको भारत जोडो यात्रामा संलग्न थिए।

सांसदको निधनपछि तत्कालका लागि यात्रा रोकिएको छ ।