NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

न्युजिल्याण्ड सिरिजमा पृथ्वी फर्किए, टेस्ट टिममा सूर्यकुमारलाई मौका

काठमाडौं । बीसीसीआईले न्यूजिल्याण्डसँगको एकदिवसीय र टी–२० सिरिजका लागि भारतीय क्रिकेट टोलीको घोषणा गरेको छ । जनवरी १८ बाट सुरु हुने यो सिरिजका लागि न्युजिल्याण्डको टोली भारत आउनेछ ।

दुवै टोलीले एकदिवसीय र टी–२० मा ३÷३ खेल खेल्नेछन् । यसबाहेक भारत र अष्ट्रेलियाबीच चार खेलको टेष्ट सिरिज पनि हुँदैछ । सिरिज भारतमा आयोजना हुने लागेको हो ।

यस शृङ्खलाको पहिलो दुई टेष्ट खेलको टोली र मिति पनि घोषणा गरिएको छ ।

सूर्यकुमार यादव र इशान किशन पहिलो पटक टेस्ट टिममा परेका छन् ।

सूर्यकुमार यादवले एकदिवसीय र टी–२० मा राम्रो प्रदर्शन गरिरहेका छन् । उनले टेस्ट खेल्ने इच्छा पनि व्यक्त गरेका छन् । योसँगै पृथ्वी शालाई टी–२० खेलका लागि टोलीमा समावेश गरिएको छ । करिब एक वर्षपछि उनी भारतीय टोलीमा फर्किएका हुन् ।

उनले अन्तिम पटक जुलाई २०२१ मा श्रीलंकासँग टी–२० सिरिज खेलेका थिए। यस पटक पनि रोहित शर्मालाई एकदिवसीय र हार्दिक पाण्डेयलाई टी–२० कप्तान बनाइएको छ ।

न्यूजिल्याण्डविरुद्धको एकदिवसीय टोली

– रोहित शर्मा (कप्तान), शुभमन गिल, इशान किशन (विकेटकिपर), विराट कोहली, श्रेयस अय्यर, सूर्यकुमार यादव, केएस भरत (विकेटकिपर), हार्दिक पाण्डेय (उपकप्तान), वाशिंगटन सुन्दर, शाहबाज अहमद, शार्दुल ठाकुर, यजुवेन्द्र चहल, कुलदीप चहल, मोहम्मद शामी, मोहम्मद सिराज, उमरान मलिक।

न्युजिल्याण्डविरुद्धको टी–२० टोली

हार्दिक पाण्डेय (कप्तान), सूर्यकुमार यादव (उपकप्तान), इशान किशन (विकेटकिपर), ऋतुराज गायकवाड, शुभमन गिल, दीपक हुडा, राहुल त्रिपाठी, जितेश शर्मा (विकेटकीपर), वाशिंगटन यदीप सुन्दर, कुलगुरु, युजवेन्द्र चहल, अर्शदीप सिंह, उमरान मलिक, शिवम् मावी, पृथ्वी शा, मुकेश कुमार।

केएल राहुल र अक्षर पटेल केही पारिवारिक कारणले न्युजिल्याण्ड सिरिजमा सहभागी नहुने भएका छन् ।

अस्ट्रेलियाविरुद्धको टेष्ट सिरिजअन्तथएतको पहिलो खेल फेब्रुअरी ९ र दोस्रो खेल १७ फेब्रुअरीबाट सुरु हुनेछ ।

अस्ट्रेलिया विरुद्धको टेस्ट टोलीमा रोहित शर्मा (कप्तान), केएल राहुल (उपकप्तान), शुभमन गिल, चेतेश्वर पुजारा, विराट कोहली, श्रेयस अय्यर, केएस भरत (विकेटकीपर), इशान किशन (विकेटकीपर), आर अश्विन, अक्षर पटेल, कुलदीप। यादव, रविन्द्र जडेजा, मोहम्मद शामी, मोहम्मद सिराज, उमेश यादव, जयदेव उनाडकट र सूर्यकुमार यादव रहनेछन् ।

रविन्द्र जडेजा यसमा सामेल हुने वा नहुने, उनको फिटनेसमा भर पर्नेछ ।