NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

यतीको एटीआर ७२ विमान पोखरामा दुर्घटनाग्रस्त

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनाग्रस्त भएको छ ।

उक्त विमानमा ६८ जना यात्रु र चालकदलका ४ जना रहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन वर्तौलाले बताए ।

पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ । प्रवक्ता सुदर्शन वर्तौलाका अनुसार आगो निभाउने प्रयास भइरहेको छ । अहिले उद्धार कार्य जारी रहेको छ ।

जहाज ११ बजेर १० मिनेट जाँदा फेवा खोँचमा दुर्घटना भएको हो । उक्त दुर्घटनामा भएको मानवीय क्षतिबारे कुनै जानकारी प्राप्त भएको छैन ।

यसरी भइरहेको छ दुर्घटना स्थलमा उद्धारकार्य :

ताजा अपडेट

नेपालवाच विशेष