NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

पोखरा विमान दुर्घटना अपडेट : १९ जनाको शव निकालियो

काठमाडाैं । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनामा परेकाहरूमध्ये १९ जनाको शव निकालिएको  छ।

बिहान भएको विमान दुर्घटनामा १९ जनाको शव निकालिएको बाँकीको शव निकाल्ने क्रम जारी रहेको गण्डकी प्रदेश प्रहरी कार्यालका प्रमुख प्रहरी नायब महानिरीक्षक रामदत्त जोशीले सो जानकारी दिएका हुन् ।

काठमाडाैंबाट पोखरा गइरहेको विमानमा चालक दलका चार सदस्यसहित ६८ जना यात्रु सवार थिए ।  प्रमुख जोशीका अनुसार विमान पोखरा महानगरपालिका वडा नं १५ नयाँगाउँमा भएको हो । दुर्घटनास्थलको स्थिति हेर्दा बाँकी यात्रुहरू जीवितै रहने आशा निकै कम रहेको छ ।

घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना, शसस्त्रप्रहरीलगायतका सुरक्षाकर्मीहरूले सव संकलनकार्य भइरहेको उनले जानकारी दिएका छन् ।

यतीको एटीआर ७२ विमान पोखरामा दुर्घटनाग्रस्त