NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

विमान दुर्घटनाप्रति राष्ट्रपतिद्वारा शोक व्यक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति शोक व्यक्त गरेकी छन् ।

आइतबार दिउँसो ट्वीटरमार्फत उनले घटनाको खबरले स्तब्ध भएको उल्लेख गरेकी छन् ।

‘यती एयरलाइन्सको एटिआर–७२ विमान पोखरामा दुर्घटना भएको खबरले स्तब्ध भएको छु । दुर्घटनामा जीवन गुमाउने यात्रु एवं चालक दलका सदस्यहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु ,’ राष्ट्रपति भण्डारीले लेखेकी छन् ।