NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव भोलि परिवारलाई बुझाइने

काठमाडाैं । बिहान यती एयरलायन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाकाहरूको शव सोमबार आफन्तलाई जिम्मा लगाउने भएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले मृतकको शव भोलि परिवारलाई बुझाइने जानकारी दिएका हुन्  ।

अहिले मृत्यको शव स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिने भएको छ ।पहिचान हुन नसकेका शवको डीएनए परीक्षण गरिने त्यसका लागि शवको डीएनए भोलि नै काठमाडौं पठाइने उनले बताए ।

पोखरास्थित सेती नदीको खोँचमा दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवारमध्ये ६८ जनाको शव फेला परिसकेको छ । दुर्घटनामा परी मृत्यु हुनेमा ३७ पुरूष, २५ महिला, तीन बालक र तीन शिशु रहेको नेपाल उड्डयन प्राधिकरणले जानकारी दिएको छ । मृतकमध्ये १५ जना विदेशी रहेको छ ।

विमानमा जम्मा ७२ जना सवार थिए ।