NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

नवनियुक्त मन्त्रीहरुले लिए शपथ

काठमाडौ । मंगलबार नियुक्त भएका मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएकी हुन् ।

एमालेबाट ८ जना, माओवादी केन्द्र ४, राप्रपा ३, रास्वपा ३ र जपाबाट १ जना मन्त्री भएका छन् । जपा र नाउपा भने सरकारमा सहभागी भएका छैनन् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री भएकाहरुले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका हुन् ।