NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

यी हुन् प्रचण्ड सरकारमा राप्रपाबाट सहभागी हुने मन्त्रीहरू

काठमाडौं । पाँच वर्षपछि राष्ट्रिय प्रजातन्त्र पार्टी प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा एक राज्यमन्त्रीसहित चार मन्त्रीले मंगलबार शपथग्रहण लिँदैछन् । लिङ्देन उपप्रधान तथा ऊर्जा मन्त्री बन्ने भएका छन्।

सिक्टा सिँचाइ आयोजनामा भ्रष्टचार ओरोप खेपेका विक्रम पाण्डे सहरी विकासमन्त्री बन्न लागेका हुन् । उपाध्यक्ष ध्रुवबहादुर प्रधान कानूनमन्त्री बन्न लागेका हुन् ।

मकवारनपुर–२ बाट पूर्वअध्यक्ष कमल थापालाई पराजित गरेका सांसद दिपक सिंहलाई राज्यमन्त्री बनाउन लागेको नेता मोहन श्रेष्ठले जानकारी दिए । यसअघि २०७४ को चुनावी सरकारमा राप्रपाबाट सरकारको नेतृत्व गर्दै थापा देउवा सरकारमा सहभागी भएका थिए ।

गणतन्त्रको विरोधी रहेको राप्रपा प्रचण्ड नेतृत्व सरकारमा जान लागेको भन्दै पार्टीभित्र विवाद छ । त्यस्तै पाण्डेलाई मन्त्री बनाएकोमा पनि राप्रपा नेताहरू सन्तुष्ट छैनन् । मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा राप्रपाले १४ सिट जितेको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष