NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

शपथ लिए लगत्तै पशुपति पुगे राप्रपाका मन्त्रीहरु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री भएकाहरू राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएपछि दर्शन गर्न पशुपति मन्दिर पुगेका छन् ।

उपप्रधामन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, शहरी विकास मन्त्री बिक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा राज्यमन्त्री दीपकबहादुर सिंह पशुपति मन्दिर पुगेका हुन् ।

केहि बेरअघि मात्र नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएकी थिइन् ।