NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

शून्यमा झर्‍याे दिल्लीमा कोभिड–१९

नयाँदिल्ली । पछिल्लो २४ घण्टामा राष्ट्रिय राजधानीमा कोभिड–१९ का कुनै नयाँ बिरामी अभिलेख भएको छैन । सन् २०२० को मार्चमा महामारी शुरु भएदेखि यहाँ सङ्क्रलण शून्यमा झरेको पहिलो पटक हो ।

दिल्ली स्वास्थ्य विभागले जारी गरेको स्वास्थय बुलेटिनअनुसार कोभिड–१९ पाजेटिभ दर ०.०० प्रतिशत रहेको तथा बितेका २४ घण्टामा सङ्क्रमित नभेटिए पनि शहरमा सक्रिय बिरामी १० जना छन् ।

सोही अवधिमा नौ जना कोभिडका बिरामी स्वास्थ्य लाभ गरेर घर फर्केका तथा देशभर उक्त सङ्ख्या १९ लाख ८० हजार सात सय ८१ पुगेको छ । चार करोड छ लाख ५० हजार एक सय १९ जनाले परीक्षण गराएका छन् ।

देशभर जारी खोप अभियान प्रभावकरी रहेको जनाउँदै विभागले १५ जनालाई पहिलो डोज, ३२ जनालाई दोस्रो र १०३ जनालाई सावधानीको डोज लगाइएको छ ।

हालसम्म तीन करोड ७३ लाख ७० हजार छ सय ६३६ जनाले खोप लगाइसकेका छन् । नयाँदिल्लीमा फैलिएका कोभिडका तीन लहरमध्ये सन् २०२१ को अप्रिल–मेको दोस्रो लहर सबैभन्दा घातक थियो ।