NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

सियामद्वारा आयोजित ‘अटो ट्रेड डाइलग’ मा नाडाको सहभागिता

काठमाडाैं । भारतको इण्डीया एक्सपो मार्ट, ग्रेटर नोइडा, दिल्लीमा गत पुस २९ गते देखि सुरु भएको ‘१६ औं अटो एक्सपो २०२३’ आज समापन भएको छ ।

नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको नाडा प्रतिनिधि मण्डलले सो प्रदर्शनीको अवलोकन भ्रमण सम्पन्न गरेको थियो । नाडाका केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरुसहित १५० भन्दा बढी सदस्यहरुले उक्त प्रदर्शनीको अवलोकन गरेका थिए ।

सो प्रदर्शनीको प्रमुख आयोजक सोसाइटी अफ इण्डियन मेनुफेकचरिङ एशोसिएशनले (SIAM) पहिलो पटक पौष ३० गते इण्डीया एक्सपो मार्ट, ग्रेटर नोइडामा आयोजना गरेको अटो ट्रेड डाइलगमा नाडाका अध्यक्ष थापाले नेपालको अटोमोवाइल क्षेत्रको चुनौती र समस्याहरुका बारेमा आफनो धारणा राखेका थिए । त्यस्तै नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले Nepal Auto Market And Policy Trend का विषयमा विशेष प्रस्तुती दिएका थिए ।

त्यसैगरी सो डाइलग कार्यक्रममा सिलोन मोटर ट्रेडर्स एशोसिएशनका सभापति चराका पिरेरा, बंगलादेश अटोमोवाइल एसेम्बलर एण्ड मेनुफेक्चरिङ एशोसिएशनका अध्यक्ष अब्दुल मतलुब अहमदले समेत आफनो देशको अटोमोवाइल व्यवसायका चुनौतीबारे चर्चा गरेका थिए ।

सो डाइलगको सेसन मोडरेटर सियामका स्ट्रयाटिजी ब्राण्ड एण्ड कम्मुनिकेशन, भि.इ कमर्सियल भेहिकल्सका सिनियर भाइस प्रेसिडेण्ट भगवान विण्डीगनाभिले गरेका थिए । सो डाइलगमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती, कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्यद्धय प्रकाश कपुरी, आकाश गोल्छा तथा यमुना श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।

त्यसैगरी सियामले मिति पौष २८ गते सोही स्थानमा पहिलो पटक आयोजना गरेको इभी डिस्कसन कार्यक्रममा नाडाकातर्फबाट उपाध्यक्ष राजनबाबु श्रेष्ठ, केन्द्रीय कार्य समिति सदस्यद्धय आकाश गोल्छा तथा यमुना श्रेष्ठ सहभागी भएका थिए । सियामले नाडा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई सो डाइलग र डिस्कशन कार्यक्रमहरुमा सहभागी भई आफनो धारणाहरु राखि दिन निमन्त्रणा समेत गरेको थियो ।

यसैक्रममा अटोमोटिभ कम्पोनेण्ट मेनुफेक्चर्स एशोसिएशनले पौष २७ गतेदेखि माघ १ गतेसम्म दिल्लीको प्रगति मैदानमा आयोजना गरेको १६ औं अटो एक्सपो (कम्पोनेण्टमा) पनि नाडा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलगायत नाडाका सदस्य कम्पनीहरुले उल्लेख्य मात्रमा अवलोकन भ्रमण गरेका थिए । यसबाट नाडाको सियाम र एक्मा विचको पारस्परिक सम्बन्ध थप मजबुत भएको छ ।

नाडाले पनि हरेक वर्षको दशै अगाडि भुकृटी मण्डपमा नाडा अटो शो सम्पन्न गर्दे आएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष