NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

पूर्व अमेरिकी अन्तरिक्ष यात्री एल्ड्रिनले गरे ९३ वर्षको उमेरमा विवाह, श्रीमती ३० वर्ष कान्छी

काठमाडाैं । चन्द्रमा पाइला राख्ने विश्वको दोस्रो व्यक्ति बज एल्ड्रिनले ९३ वर्षको उमेरमा चौथो विवाह गरेका छन् । उनकी श्रीमती उनीभन्दा ३० वर्ष कान्छी छिन् । दुवै लामो समयदेखि सम्बन्धमा थिए ।

भर्खरै उनीहरुले निजी समारोहमा विवाह गरेका हुन् । एल्ड्रिन चन्द्रमा पाइला राख्ने विश्वको दोस्रो व्यक्ति हुनुका साथै अपोलो ११ मिशनको हिस्सासमेत थिए।

सन् १९६९ मा चन्द्रमामा अवतरण गरेको अपोलो ११ मिसनका चालक दलमा तीन जना थिए, जसमध्ये एल्ड्रिन एल्ड्रिन अझैसम्म जीवित छन्।

जनवरी २० मा उनी ९३ वर्षका पुगेका छन् । उनले सामाजिक सञ्जालमा तस्विर सेयर गर्दै विवाह गरेको घोषणा गरेका छन् ।

एल्ड्रिनले पोस्टमा आफ्नो लामो समयको प्रेम डाक्टर आन्का फाल्कसँग सानो समारोहमा विवाहमा परिणत गरेको बारे खुलाएका छन् । कार्यक्रम अमेरिकाको लस एन्जलसमा आयोजना गरिएको थियो ।

उनले पोस्टमा लेखेका छन्, ‘मेरो ९३औँ जन्मदिन र लिभिङ लिजेन्ड्स अफ एभिएसनबाट सम्मानित हुने दिनमा यो घोषणा गर्न पाउँदा खुसी छु । जुन मेरो लामो समयदेखिको माया डा. आन्काकासँग मैले लगनगाँठो बाँधेको छु ।’

एल्ड्रिनको चौथो श्रीमती ६३ वर्षकी छिन् । उनी बज एल्ड्रिन भेन्चर्सको कार्यकारी उपाध्यक्षको रूपमा कार्यरत छिन् ।  बज एल्ड्रिन १९६९ मा ऐतिहासिक अपोलो ११ चन्द्रमा अवतरण को एक हिस्सा थिए । उनले आफ्ना साथी अन्तरिक्ष यात्री निल आर्मस्ट्रङसँग चन्द्रमामा हिँड्दा लगाएको ज्याकेट गत वर्ष २७ लाख डलरमा लिलामी भएको थियो ।