NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

के हो सोलोगेमी ? विश्वभर किन बढ्दैछ ‘सोलोगेमी’ गर्ने प्रवृत्ति ?

काठमाडाैं । सन् २०११ मा स्पेनका १० जना युवतीहरू प्रत्येकले आफैसँग विवाह गर्ने घोषणा  एकैसाथ गरेका थिए ।

एक किसिमले हास्यांतपद पार्ने यो घोषणाले धेरै जना आस्चर्यचकितसमेत परेका थिए । सोलोगेमी अर्थात आफैसँग विहे गर्ने कुरा सृष्टिकै विरूद्धको घोषणा थियो ।

तीनै १० जना युवतीहरूले सुरू गरेको उक्त घोषणा आज संसारभर सुरू भएको छ । जुन आज सोलोगेमीको रूपमा चर्चित हुन थालेका छन् । परम्परागत विवाह अर्थात फरक लिङ्गसँग गर्ने विवाहलाई सबैले मान्नैपर्छ भन्ने सोचको परिर्वतन भइसकेको छ । अहिले विश्वभर र नेपालमा समेत समलिंगी, तेस्रोलिंङ्गीजस्ता विहे खुलेर हुन थालेका छन् । यस्तैमा अहिले चर्चा गर्न लागेको विवाह यी भन्दा फरक हुन् ।

विपरित लिङ्गप्रति आकार्षित हुनु र विवाह गर्न समाजले नै मान्यता दिएको छ, जुन सृष्टिको नियमलाई यसले सन्तुलन राख्नन मदत गर्छ । अर्को समलिंगीप्रति आकर्षित हुनु र विवाह गरेपनि त्यसले सन्तान उत्पादनमा  सहयोग गर्दैन । अर्को हो, आफूले आफैलाई मायाँ गर्नु र आफैसँग विहे गर्नु ।

तर यो आफै आफैसँग प्रेममा डुबेर आफैसँग विहे गर्नु भनेको आस्चर्यजनक छैन र ? एकजना आफैँसँग विहे गर्ने माईले सुनाइन्, ‘मेरो विवाह भएको ११ वर्ष  भयो र म एकदम खुशी छु ।’

एक जना स्पेनी महिला माईले आफैँसँग विहे गरिन्, यसको मतलव उसको जीवन साथी उ स्वयंम हो । उसले वैवाहिक बन्धन नविकरण गर्ने समाहरोहमा उपस्थित हुँदा विहेको बारेमा आफ्नो भित्री श्वर सुनेर हरेक दिन आफूलाई के चाहिन्छ भनेर सोध्ने संकल्प गरेको बताएकी थिइन् । माईको यो भनाईमा समारोहमा उपस्थित महिलाहरूले ताली बजाएका थिए ।

के हो सोलोगेमी ?

सायद थोरै व्यक्तिले एकल विवाहबारे नसुनेको हुन सक्छ । सुनेकाहरूले पनि यस्तो विवालाई सामान्य रूपमा लिन सक्दैनन् । यो स्वभाविक पनि हो, किनकि कुनै समय हामीलाई विपरित लिंगी विवाहबाहेकका अरू विवाह जस्तै समलिंगी, तेस्रोलिंगी विवाह सुन्दा यस्तो नि सम्भव हुन्छ र ? भन्ने मनमा प्रश्न उब्जिन्थ्यो । तर पछिल्लो समय नेपालमा पनि समलिंगी विवाह, तेस्रो लिंगी विवाह खुलेर देखिन थालेका छन् र सामान्य लिन थालेका छन् ।

सोलोगेमी आधिकारिक रूपमा स्पेनको भाषा नभएपनि स्पेनबाटै आएको शब्द हो । जापान, अमेरिका, भारत, इटाली, बेलायतलगायत विश्वका धेरै देशमा यो विवाह प्रचलनमा छ । स्पेनकी माइले सन् २०११ देखि ७० जना महिलालाई आफ्नो पाइला पछ्याउन मद्दत गरिसकेका छन् ।

विश्वका आधिकांश देशमा स्वविवाहको कानुन छैन । तर पनि धेरै महिलाहरू स्वविवाहप्रति आकर्षण हुन थालेका छन् । यसको कारण एउटै नहुन सक्छ ।

माइ भन्छिन्, ‘ यो मैले मजागमा गरेँ। विवाहको दिनसम्म पनि मेरो एउटै उद्श्य रोमान्टिक प्रेममा सामान्य छलफल गर्नु नै थियो । तर  मेरो विवाहको दिनमा मैले महसुस गरेँ कि हामीले केही महत्वपूर्ण काम गर्न जाँदैछौँ । मलाई त्यतिबेला लाग्यो म आफैँलाई धेरै प्रेम गर्छु, म नै मेरो राम्रो साथी हुँ, र त्यो क्षण र यो क्षणमा धेरैलाई मैले सहयोग गरेको छु ।’

माइ

उनले सुनाइन्, ‘मैले त्यतिबेला वाचा गरेँ कि म आफूलाई धेरै हेरचाह गर्नेछु र सबैभन्दा पहिले आफ्नो बारेमा सोच्नेछु ।’

नोविस ट्रबजोसा यौन विशेषज्ञ हुन्, उनी प्रत्येक व्यक्तिले लैङ्गिक दृष्टिकोणबाट माथि उठेर व्यक्तित्वको सम्मान गर्नुपर्ने भनाइ राख्छन् । उनी भन्छन्, ‘पुरुषलाई आफ्नो महत्व सिकाइन्छ, तर महिलाका लागि उनको व्यक्तित्व किन बाधक बन्ने ?’

एक महिला जसले आफैलाई माया गर्न आवश्यक छैन ? भनेर बुझ्छ..

मनोवैज्ञानिक इसप्रांका बोश फ़ेविल आफैलाई माया गर्न सिक्नु महत्त्वपूर्ण भएको बताउँछिन् किनभने यसले हामीलाई संसारमा हाम्रो स्थान निर्धारण गर्न मद्दत गर्दछ।  उनी भन्छिन् ‘यसले हामीलाई हाम्रो प्रेम योग्य को  छ र को छैन भनेर न्याय गर्न मद्दत गर्दछ।’

वास्तवमै हामी कसलाई र कसरी माया गर्छौं भन्ने प्रवृत्ति विस्तारै परिवर्तन हुँदैछ। स्पेनलगायत विश्वभर नै अझै पनि बहुसंख्यक जोडीहरू परम्परागत वैवाहिक सम्बन्धमा बाँधिएका छन्, तर तथ्यांकलाई हेर्दा एउटा महत्त्वपूर्ण कुरा प्रकट हुन्छ । त्यो के हो भने पहिलेको तुलनामा अहिले कम विवाह भइरहेका छन् तर अर्कोतर्फ सम्बन्धविच्छेदको दर बढेको छ ।

जुन कुरा विश्वै परिवर्तन भइरहेको छ

माई भन्छिन् ‘जब हामी महिलाहरू एक ठाउँमा भेला हुन्छौं, यो हामी ऐनाको अगाडि उभिएको जस्तो लाग्छ। महिलाहरू प्रतिद्वन्द्वी हुन् भन्ने धारणा पितृसत्तात्मक समाजको उपज हो जसले हामी एकजुट नहोस् भन्ने चाहन्छ।’

उनी सुनाउँछिन्, ‘ वास्तवमा यो ठीक उल्टो छ, जब हामी सँगै हुन्छौं, तब हामी बलियो हुन्छौं।’

सन् २०१७ मा माईले सँगै पौडी खेल्ने महिलाहरूको संगठन बनाइन् । सुरूमा यस संगठनमा १४ सदस्य थिए हाल बढेर १४० जना पुगेको छ ।

महिला अधिकारको लागि काम गर्ने विज्ञहरू यस्ता उपायले महिलालाई आफ्नो अधिकार प्राप्त गर्न मद्दत पुग्ने बताउँछन् ।

दुनियाँको सवाल : के हामी त्यस्तो गर्न सक्छौँ ?

यहाँ यस्ता साना साना कुराहरू हुन्छन्, जसले तपाइँलाइ महसुस गराउँछ कि तपाइ आफ्नो ख्याल आफैँ गर्न सक्षम हुनुहुन्छ र राख्नुहुन्छ । कहिँलेकहीँ मानिसहरूले यो कुरा बुझ्न सक्दैनन् र हामीलाइ मानिसहरूले स्वार्थीको दर्जा दिन्छन् ।

तर एक जना जसले पहिले परम्परागत विवाह र पछि आफैसँग विहे गरेकी जिंगल नामकी महिला भन्छिन्, ‘वास्तविकता के हो भने, मसँग विवाह गरेपछि मेरो श्रीमान् र छोराछोरीसँगको सम्बन्धमा सुधार आएको छ।’

माई भन्छिन, ‘ऐना हेर्दा मलाई राम्रो लाग्छ। मैले ११ वर्षअघि आफूसँग गरेको वाचा पूरा गरेको छु र म अझै पनि त्यसमा अडिग छु। म पक्का छु कि म खुसी हुनेछु।’ (बिबिसी हिन्दी)

आफैंसँग विवाह : ऐना हेरेर आफैंलाई सिन्दुर हालिन्, एक्लै हनिमुन जाने