NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

नेपाल टी-२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा दुई क्रिकेटर पक्राउ

काठमाडौं । नेपाल टी-२० लिगमा स्पट फिक्सिङ र म्याच फिक्सिङ गरेको आरोपमा क्रिकेटर महबुब आलम र मोहम्मद आदिल अन्सारी पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनीहरुलाई पक्राउ गरेको हो । काठमाडौंमा पुस ९ देखि २७ गतेसम्म भएको टी-२० लिगमा म्याच फिक्सिङ र स्पट फिक्सिङ भएको हल्ला चलेपछि सीआईबीले अनुसन्धान थालेको थियो। गत महिना भएको टी-२० लिग सुरुदेखि नै विवादमा परेको थियो।

नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई आयोजनाको जिम्मा दिएको लिगमा स्पट फिक्सिङ भएको भन्दै कमेन्टेटर सचिन तिमिल्सेनाले लिग छाडेका थिए।