NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

स्मार्टच्वाइस टेक्नोलोजिज र माछापुच्छ्रे बैंकबीच सम्झौता

काठमाडौं। स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र माछापुच्छ्रे बैंकबीच एससीटी यूपीआई डेबिट कार्ड सेवा सञ्चालन गर्ने विषयमा सम्झौता भएको छ ।

सम्झौता पत्रमा स्माटच्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र माछापुच्छ्रे बैंकका तर्फबाट प्रमुख डिजिटल बैंकिङ अधिकृत माधव सुवेदीले हस्ताक्षर गरे ।

विगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिंदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइ बनेको माछापुच्छ्रे बैंकबीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा दुवै पक्षले गरेको छ ।

सम्झौतासँगै माछापुच्छ्रे बैंकका ग्राहकहरुले एससीटी यूपीआई डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्राप्त गर्न सक्ने छन् । साथै, एससीटी यूपीआई सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र एटीएम, पोस, इकमर्श (एटीएम, पीओएस, ई-कमर्स) जस्ता सेवा सजिलै लिन सक्ने कम्पनीले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष