NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

केनको कीर्तिमानी गोलमा टोटनह्याम विजयी

काठमाडौं (एजेन्सी) । इङ्ग्लिस प्रिमियर लिगमा टोटनहमले फुलहमलाई १–० गोलअन्तरले पराजित गरेको छ ।

इङ्ग्लिस स्ट्राइकर ह्यारी केनको कीर्तिमानी गोलको मद्दतमा टोटनह्याम विजयी बनेको हो ।

यो गोलसँगै केन टोटनहमका लागि सर्वाधिक गोलकर्ताको यसअघिको कीर्तिमानलाई बराबरीमा ल्याउन सफल भएका छन् ।

उनले पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा गोल गरेका हुन् । एपीका अनुसार, यो टोटनहमका लागि उनले गरेको २ सय ६६औं गोल हो । यसअघि जिम्मी ग्रेभ्सले पनि टोटनह्यामका लागि २६६ गोल गरेका थिए ।