NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

फ्रेन्ड्समा अनुबन्धित भए गोलकिपर विशाल

काठमाडौं । गोलरक्षक विशाल सुनार सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लब फ्रेन्ड्समा अनुबन्धित भएका छन् ।

सामाजिक सञ्जालमा एक पोस्ट् लेख्दै फ्रेन्ड्सले विशाललाई अनुबन्ध गरिएको जनाएको छ ।

विशाल अघिल्लो सिजन मनाङ मर्स्याङ्दी आबद्ध थिए । नयाँ सिजनको ‘ए’ डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । यो डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।

विशाल नयाँ सिजनमा फ्रेन्ड्समा अनुबन्ध हुने दोस्रो खेलाडी हुन् । यसअघि फ्रेन्ड्सले फरवार्ड राजेश परियारलाई अनुबन्ध गरिसकेको छ ।