NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

किन बर्खास्त भए लाम्पार्ड ?

काठमाडौं । प्रिमियर लिग क्लब एभर्टनका मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्ड बर्खास्तगीमा परेका छन् ।

उनीसँग एभर्टनले साढे २ वर्षको सम्झौता गरेको थियो । उक्त समय नसकिँदै उनलाई बर्खास्त गरिएको हो ।

डेलीमेलले प्रिमियर लिगमा टोलीले निरन्तर खराब प्रदर्शन गरेपछि एभर्टनले लाम्पार्डलाई बर्खास्त गर्ने कदम चालेको लेखेको छ । हुन पनि उनले क्लबको नेतृत्व लिएयता टिमले लगातार खराब प्रदर्शन गर्दै आइरहेको थियो । शनिबार मात्रै एभर्टन वेस्ट ह्यामसँग २–० ले स्तब्ध बनेको थियो । लाम्पार्ड नेतृत्वमा एभर्टनले ९ खेल खेलेको छ । जसमध्ये ८ मा हार व्यहोरेको छ ।

लाम्पार्ड इंग्ल्याण्डका पूर्व मिडफिल्डर हुन् । राफायल बेनिटेज बर्खास्त भएपछि एभर्टनले उनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।