NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

स्ट्राइकर डुरान एस्टनमा अनुबन्ध

काठमाडौं । प्रिमियर लिग क्लब एस्टन भिल्लाले स्ट्राइकर जोन डुरानलाई भित्राएको छ ।

१९ वर्षीय कोलम्बियन स्ट्राइकरलाई १८ मिलियन पाउण्डमा एस्टनले क्लबमा अनुबन्ध गराएको हो ।

डुरान यसअघि सिकागो फायरमा आबद्ध थिए । उक्त क्लबका लागि उनले २८ खेलमा ८ गोल गरेका थिए ।

मुख्य प्रशिक्षक उनाइ इम्रीले यसअघि एलेक्स मोरेनोलाई अनुबन्ध गरेका थिए । डुरान यो सिलसिलाका दोस्रो खेलाडी बनेका छन् ।