NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

अमेरिकामा फेरि अर्को गोलीकाण्ड, सात जनाको मृत्यु

काठमाडौं । अमेरिकाको उत्तरी क्यालिफोर्नियाका दुई स्थानमा भएका गोलीकाण्डमा अहिलेसम्म सात जनाको मृत्यु भएको छ ।

प्रहरीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमहरूले हाफ मुन बे सहरका दुई फार्ममा गोली चलेको लेखेका छन् ।

सान माटेओ काउन्टी शेरिफको कार्यालयले घटनामा अरू धेरै व्यक्ति घाइते भएको र एक संदिग्धलाई हिरासतमा लिइएको जनाएको छ।

दुई दिनअघि दक्षिणी क्यालिफोर्नियाको लस एन्जलस नजिकै पनि यस्तै घटना भएको थियो । जसमा ११ जनाको मृत्यु भएको थियो ।

हाफ मून बे सैन फ्रान्सिस्कोबाट लगभग ५० किलोमिटरको दूरीमा छ। घटना भएको दुई घण्टापछि प्रहरीले ६७ वर्षीय वृद्धलाई नियन्त्रणमा लिएको छ ।

अनुसन्धान एजेन्सीले संदिग्ध व्यक्तिको कार शेरिफको डिपार्टमेन्ट सबस्टेशनको पार्किङमा फेला पारेको थियो र स्थानीय मिडियाका अनुसार गोलीबारीमा प्रयोग गरिएको बन्दुक यस कारबाट बरामद भएको छ ।