NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

मधेस विश्वविद्यालयलाई जग्गा उपलब्ध गराउने

वीरगञ्ज । मधेस विश्वविद्यालय सञ्चालनका लागि पर्साको बहुदरमाई नगरपालिकाले जग्गा उपलब्ध गराउने भएको छ ।

बहुदरमाई –२ स्थित पिपराटोलमा भएको सर्वदलीय सर्वपक्षीय बैठकमा नगरपालिकासंग विश्वविद्यालयलाई जग्गा उपलब्ध गराउने सहमति भएको विश्वविद्यालयका उपकुलपति डा दीपक शाक्यले जानकारी दिए ।

उनका अनुसार नगरपालिकाले २५ देखि ३० बिघा क्षेत्रफल जग्गा विश्वविद्यालयलाई उपलब्ध गराउने छ । बहुदरमाई नगरपालिकाका प्रमुख सिङ्गासन साह तेलीको अध्यक्षतामा बसेको सर्वदलीय बैठकबाट मधेस विश्वविद्यालयको शाखा सञ्चालनका लागि जग्गा उपलब्ध सहमति भएको सो नगरपालिका वडा नं २ का वडाध्यक्ष जितेन्द्र पटेलले जानकारी दिए ।

यसअघि पर्साको पकाहा मैनपुर गाउँपालिका–२ स्थित श्रीराम जानकी मन्दिरको जग्गामा मधेस विश्वविद्यालयको एउटा शाखा राख्नुपर्ने माग त्यहाँका युवाहरूले गरेका थिए ।