NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

प्रशासन संवादमा मैनाली : सचिव होलिन् भनेको हत्कडी लागेको समाचार पो आयो

अहिलेका पुस्ता चाँडै कमाउनतिर लागे, अब नैतिक शिक्षा दिऊँ

हरेक सरकारले भ्रष्टाचार नियन्त्रणलाई आफ्नो पहिलो प्राथमिकतामा राख्छन् । राजनीतिक संगठनले पनि भ्रष्टाचार नियन्त्रणका कुरा गरिरहेका हुन्छन् । यसका निम्ति कानून पनि बन्छन् । तर भ्रष्टाचार नियन्त्रण हुँदैन । किन त ? प्रश्न अत्यन्तै जटिल छ ।

एक दार्शनिकका अनुसार, पैसा छैटौं इन्द्रीय हो । योबिना अन्य पाँच इन्द्रीय चल्दैन । त्यसकारण भ्रष्टाचार हुन्छ भनेर उहाँले व्यंग्य गर्नुभएको छ । यो स्वाभाविक पनि हो । किनभने, कर्मचारी, नेता, व्यापारीलगायत अन्य पेसाका व्यक्ति यही समाजकै उपज हुन् । त्यसकारण जबसम्म समाज नैतिक बन्दैन, हामीले काम गर्ने संगठनहरू नैतिक हुँदैनन् । भ्रष्टाचार भइरहन्छ । जतिसुकै चेक एण्ड ब्यालेन्स गर्न खोजे पनि या जोखिमहरू बढाइदिए पनि यो नियन्त्रण हुँदैन ।

अभ्यासबाट दृष्टिकोण र दृष्टिकोणबाटै व्यक्तिको छवि बन्ने हो । लगातार कुनै चिज अभ्यास गर्दै गएपछि त्यही अनुसारको संगत, शिक्षा र वातावरण बन्दै जान्छ । यी सबै चिजले भ्रष्टाचार रोक्न र बढाउन काम गरिरहेका हुन्छन् ।

यहाँ अर्को ग्रहबाट आएको कोही पनि छैन । कर्मचारी भ्रष्ट छन् भनेर सबैले स्वीकार गरेकै विषय हो । तर नेताहरू पनि उत्तिकै भ्रष्ट छन् । व्यापारीहरू पनि अनैतिक ढंगले व्यापार गर्छन् । सबै संगठन भ्रष्ट देखिनुको कारण समाजमा नैतिक शिक्षाको कमी हुनु र यसको प्रवद्र्धन नहुनु हो ।

हामीले अन्तर्वार्ता लिएर पठाएका व्यक्तिहरू एक वर्षमा सात करोड रूपैयाँ भ्रष्टाचारमा जेल गए । एक जना महिलालाई अन्तर्वार्ताको क्रममा सचिव हुन्छिन् होला भनेर अड्कल काटेका थियौं । उनी पनि भ्रष्टाचार मुद्दामै समातिएको समाचार आयो

हामीले कस्तो संगत पायौं र कस्तो वातावरणमा हुर्कियौं भन्ने विषयले धेरै कुरा भर पर्छ । भ्रष्टाचारको इन्सेन्टिभ हुन्छ । जसमा के कुराले भ्रष्टाचार गर्न प्रोत्साहन भयो भन्ने कुरा पर्छ । लोभ, देखासिकीजस्ता मनोवृत्तिबाट मुक्त नभएसम्म भ्रष्टाचार हुन्छ । यस्ता इन्सेन्टिभलाई नियन्त्रण गर्न समाजिक वातावरण र व्यक्तिगत लोभलाई नियन्त्रणमा ल्याइनुपर्छ ।

समाजिक वातावरण यस अर्थमा कि घरमा श्रीमती, छोराछोरी या बाबुआमाले भ्रष्टाचार गरेको पैसा नल्याऊँ भन्न सक्नुपर्छ । उल्टै फलानोले यत्तिको जग्गा जोड्यो, तैँले के गरिस् ? फलानाको श्रीमतीले राम्रो गहना लगाइ, मलाई खै ? भन्दा उसलाई हीनताबोध हुन्छ । परिवारका यस्तै अभिव्यक्तिका कारण पनि व्यक्ति भ्रष्टाचार गर्न बाध्य हुन्छ ।

चाणक्यले भन्नुभएको छ, ‘पानीमा भएको माछा कान चलाउँछ । त्यो कान चलाएर पानी खाएको हो कि श्वास फेरेको, कसरी थाहा पाउने ?’ अर्थात् रकम कलम चलाउने, सरकारी फोन खेलाउने ठाउँमा बस्ने व्यक्तिले कतिबेला भ्रष्टाचार गर्छ, थाहै हुँदैन । जसरी पानीमा बसेको माछाले कान चलाउँदा पानी खाएको कि सास फेरेको थाहा हुँदैन ।

प्रशासन संवादमा उमेश मैनाली- कर्मचारीलाई बाहिर ननिकालेसम्म निजामती सेवा ऐन आउँदैन

सार्वजनिक ढुकुटीको प्रबन्धमा रहेकाले कतिबेला रकम हिनामिना गर्छन् थाहै हुँदैन । त्यसरी हिनामिना गरेको थाहा पाएपछि कडा दण्डसजाय दिनुपर्छ पनि भनिन्छ ।

चीनमा भ्रष्टाचार गर्नेलाई मृत्युदण्डको सजाय छ । तर पनि त्यहाँ भ्रष्टाचार घटेको छैन । एसियामा घुस खुवाउन नपर्ने देशमा सिंगापुर अग्रपंक्तिमा छ । तर त्यहाँ भ्रष्टाचार गरेबापत चीनमा जस्तो मृत्युदण्ड दिइँदैन ।

त्यसकारण समाज नै यस्तो बिन्दुमा पुग्नुपर्यो जहाँ नैतिक शिक्षाको पालना होस् । समाजमा भ्रष्टाचारीलाई हेयको दृृष्टिकोणले हेरिन थालियोस् । कानूनले जोखिम बढाइदिने संयन्त्रहरू प्रक्रियागत कुरा हुन् । हाम्रो संस्कृति र नैतिक अवस्था नसुध्रिएसम्म यस्ता संयन्त्रले खास अर्थ राख्दैनन् ।

कोही कर्मचारी पहिल्यै भ्रष्टाचार गर्ने मनसाय लिएर आएका हुन्छन् भने कोही यहाँ आइसकेपछि यस्तो खराब बाटो अगाल्न पुग्छन् । आशा गरिएका होनाहार कर्मचरीहरू निजामती सेवामा प्रवेश गर्दा अन्तर्वार्ताको क्रममा हामीले यो क्षेत्रमा आउनुको कारण सोध्थ्यौं । बडो गर्वसाथ देशको सेवा गर्न आएको भन्नेहरू भोलिपल्टैदेखि घुस खान थाल्ने अवस्था पनि भयो । दुःखको कुरा, पहिलेको पुस्ताको तुलनामा अहिलेका युवाहरूमा शीघ्र कमाउने महत्त्वकांक्षा चुलिएको छ । चाँडो नकमाउने हो भने किन जागिर खाने ? भन्ने मानसिकता छ ।

हामीभन्दा पहिलाका पुस्ताहरू त्यति धेरै पढालेखा र इनोभेटिभ थिएनन् होला । तर उनीहरूमा भिन्नै किसिमको लगनशीलता र इमानदारिता भने देखिन्थ्यो

उहाँहरूले के बुझिदिनुपर्यो भने, सरकारी सेवा यस्तो पवित्र पेसा हो जहाँ पैसा लिएर समाजको सेवा गर्न पाइन्छ । नाफाको लागि काम गर्ने हो भने त निजी क्षेत्र छँदै छन् । समाजको द्वन्द्व समाधानका लागि काम गर्ने यस्तो वर्गले आफ्नो कामलाई पैसासँग तुलना गर्ने मनोवृत्ति बढ्नु नै दुःखद छ । हाम्रोमा संस्था आफैंमा नैतिकवान छैनन् । संस्था नैतिक नहुनुको अर्थ कर्मचारीले घुस खाएकै व्यक्तिको प्रगति हुन्छ, राम्रो ठाउँमा पुगिने रहेछ भन्ने सोचाइको विकास गर्दै जान्छ ।

नैतिक संस्थामा भ्रष्टाचार हुने हरेक बिन्दुमा नियन्त्रण हुन्छ । त्यस्तै, कर्मचारीको आचारसंहितालगायत विषयको मूल्यांकन गर्ने संयन्त्र पनि त्यहींभित्र चाहिन्छ । कार्य विभाजनमा अस्पष्टता हुँदा पनि भ्रष्टाचार हुन्छ । त्यसैले संगठन बलियो नहुँदा पनि भ्रष्टाचार गर्ने ठाउँ हुन्छ । त्यसमाथि संगठनभित्रको सबैभन्दा भ्रष्ट व्यक्तिको प्रगति भएको, झनै राम्रो ठाउँमा सरुवा भएर गएको देखेपछि भ्रष्टाचार नगर्ने व्यक्ति पनि केही समयपछि भ्रष्ट हुन थाल्छ ।

चीनमा भ्रष्टाचार गर्नेलाई मृत्युदण्डको सजाय छ । तर पनि त्यहाँ भ्रष्टाचार घटेको छैन । एसियामा घुस खुवाउन नपर्ने देशमा सिंगापुर अग्रपंक्तिमा छ । तर त्यहाँ भ्रष्टाचार गरेबापत चीनमा जस्तो मृत्युदण्ड दिइँदैन 

कर्मचारीको दोस्रो पोष्टिङदेखि भ्रष्टहरू राम्रो ठाउँमा जान थाल्छन् भने इमानदारहरू पछि पर्दै जान्छन् । उसलाई विचरा भन्न थालिन्छ ।

जापानमा नवप्रवेशी कर्मचारीहरूलाई भर्ना हुनुअघि तालिममा पठाइन्छ । त्यो तालिममा उनीहरूलाई भिक्षुहरूसँग राखिन्छ, चर्पी सफा गर्न लगाइन्छ, किसानकोमा लगेर गाई दुहुन लगाइन्छ । उसमा आफू सर्वसाधारणभन्दा ठूलो हुँ भन्ने घमण्ड नपलाओस्, नैतिक शिक्षा सिकोस् भनेर यस्ता तालिम गराइन्छ । थाइल्याण्डमा प्रहरीलाई केही दिन बौद्ध भिक्षुहरूसँग राखिन्छ । बुद्धका शिलहरू सिकोस् भनेर उनीहरूलाई त्यहाँ राखिन्छ । यी कुराहरू सिकेर आऊन् र भ्रष्टाचार नगरून भन्ने हेतुले यस्ता प्रबन्ध गरिएको हो । तर हामीकहाँ यस्ता कुनै पनि प्रबन्ध गरिएका छैनन् ।

जापानमा नवप्रवेशी कर्मचारीहरूलाई भर्ना हुनुअघि तालिममा पठाइन्छ । त्यो तालिममा उनीहरूलाई भिक्षुहरूसँग राखिन्छ, चर्पी सफा गर्न लगाइन्छ, किसानकोमा लगेर गाई दुहुन लगाइन्छ । उसमा आफू सर्वसाधारणभन्दा ठूलो हुँ भन्ने घमण्ड नपलाओस्, नैतिक शिक्षा सिकोस् भनेर यस्ता तालिम गराइन्छ

म आफैं ६ वर्ष लोक सेवा आयोग र लामो समय प्रशासनिक नेतृत्वमा रहेँ । यी अनुभवका आधारमा भन्नुपर्दा, भ्रष्ट व्यक्ति कहिल्यै पनि चेत्दैनन् । उनीहरूमा कुभावनाले यति बलियोसँग जरा गढेको हुन्छ कि हामीले अन्तर्वार्ता लिएर पठाएका व्यक्तिहरू एक वर्षमा सात करोड रूपैयाँ भ्रष्टाचारमा जेल गए । एक जना महिलालाई अन्तर्वार्ताको क्रममा सचिव हुन्छिन् होला भनेर अड्कल काटेका थियौं । उनी पनि भ्रष्टाचार मुद्दामै समातिएको समाचार आयो ।

हामीभन्दा पहिलाका पुस्ताहरू त्यति धेरै पढालेखा र इनोभेटिभ थिएनन् होला । तर उनीहरूमा भिन्नै किसिमको लगनशीलता र इमानदारिता भने देखिन्थ्यो । त्यो स्टेजमा हामी आफैं पनि जान सकेनौं । पाँच मिनेट पनि ढिलो कार्यालय पुग्न हुँदैन भन्ने किसिमको सोच थियो, त्यो पुस्तासँग । फाटेको कोट लगाएर जाने हाकिमहरू पनि थिए । भ्रष्टाचार हुन्थ्यो तर साह्रै डराएर हुन्थ्यो ।

उमेश मैनालीसँग संवाद : प्रधानमन्त्री कार्यालय कस्तो हुनुपर्छ ?

तर कर्मचारीको तहमा हुने भ्रष्टाचार निकै कम थियो । त्यस्तो हुनुमा दरबारको जड र पर्चाको तारबार मुख्य कारण थियो । यी विभिन्न कारणले भय सिर्जना थियो । जसकारण भ्रष्टाचार कम थियो । राजा वीरेन्द्रको पालामा एक पटक भ्रष्ट व्यक्तिहरूलाई पर्चा सिस्टमबाट हटाउने नियम लागू हुँदा राजाको आफ्नै पुरेत खलक नै हट्नुपर्ने अवस्था आएछ । तर राजाबाट कुनै हस्तक्षेप भएन ।

अहिले त जागिर खाइसकेपछि भ्रष्टाचार नगरी बस्न सक्दैनन् । भ्रष्टाचारमा लिप्त कर्मचारी दुई थरीका छन् । एकथरी, जुवाडे किसिमका छन् जो घुस पाएपछि जति पनि खान्छन् । अर्का थरी खटाइ–खटाइ घुस खान्छन् ।

राजा वीरेन्द्रको पालामा एक पटक भ्रष्ट व्यक्तिहरूलाई पर्चा सिस्टमबाट हटाउने नियम लागू हुँदा राजाको आफ्नै पुरेत खलक नै हट्नुपर्ने अवस्था आएछ । तर राजाबाट कुनै हस्तक्षेप भएन

जहाँसम्म नीतिगत भ्रष्टाचारको कुरा छ, यस्तो किसिमको भ्रष्टाचार ठूला कर्मचारीहरूले मात्रै नेताहरूसँग मिलेर गर्छन् । यो जो पायो त्यहीले पत्ता लगाउन पनि सक्दैनन् र साना कर्मचारीले गर्न सक्दैनन् । योभन्दा पनि माथिल्लो किसिमको भ्रष्टाचारलाई क्लेप्टोक्रेसी भनिन्छ । यो एक किसिमको लुट हो जुन नेताहरूले मात्रै गर्न सक्छन् । यस्तो किसिमको भ्रष्टाचार नेपालमा छैन । तैपनि, भ्रष्टाचार हुने मुलुकमा नेपाल ११७ औं नम्बरमा पर्नु डरलाग्दो कुरा हो ।

कर्मचारीको तुलनामा राजनीतिज्ञहरू बढी भ्रष्ट छन् । किनभने, कर्मचारी खुद्रामा खान्छन्, राजनीतिज्ञले चाहिँ थोकमा । फेरि पनि यस्ता भ्रष्टाचार रोक्न कर्मचारीको हात हुन्छ । सचिवले बलियो अडान मात्रै लिइदिने हो र बलियो नीति बनाउने हो भने भ्रष्टाचार नियन्त्रणमा धेरै योगदान पुग्छ ।

प्रशासन संवादमा उमेश मैनाली : संसद् र कर्मचारीतन्त्रमा महिलाको आँट कम भो, अब जाग्नुपर्छ

यस्ता उदाहरण यहीँ पनि छन् । तत्कालीन अर्थ सचिव देवेन्द्रराज पाण्डेलाई ०३६ सालमा जनमत संग्रह गर्न पैसा निकाल्न दबाब दिइयो । पैसा निकाल्न नसक्ने भनेर झगडा नै परेपछि उहाँले राजीनामा दिनुभयो । अहिले हामी गर्वसाध उहाँको नाम लिन्छौं । रामेश्वर खनालज्यूले केही समयअघि मात्रै सूचना चुहावट हुँदा राजीनामा दिनुभएको हो । आफू सचिव हुँदाहुँदै बाहिरिया मान्छेलाई सूचना चुहावट गरेकै निहुँमा उहाँ पदबाट निस्किनुभयो । त्यसकारण कर्मचारीको मिलिभगत भएन भने ठूला भ्रष्टाचार रोकिन्छ । त्यसपछि साना किसिमका भ्रष्टाचार नियन्त्रण गर्न कानून कठोर बनाउन पनि सक्छौं । व्यावसायिकता नभएका कर्मचारी र नैतिकता नभएका नेता समाजमा काम छैनन् ।