NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

खेल चलिरहेकाे मैदानमा हेलिकप्टर ओराल्ने पाइलट निलम्बित

काठमाडौं । स्याङ्जामा खेल चलिरहेकाे मैदानमा हेलिकप्टर  अवतरण गराउने पाइलट रानेश डंगाेल निलम्बनमा परेका छन् । जाेखिम माेलेर खेल चलिरहेकाे मैदानमा हेलिकप्टर उतारेकाे भन्दै उड्डयन क्षेत्रकाे नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले डंगाेललाई निलम्बन गर्ने निर्णय गरेकाे हाे ।

क्यानका एक अधिकारीले जाेखिमपूर्ण कार्य गरेकाले निलम्बन गर्ने कदम चालिएकाे बताए ।

डंगाेलले अनुमति लिएर स्याङ्जा उडान गरे पनि अवतरणका क्रममा भने नसाेधी हेलिकप्टर खेल भइरहेकाे मैदानमा उतारेका थिए । आकस्मिक रूपमा हेलिकप्टर मैदानमा उतारेपछि आक्राेसित दर्शकले पाइलट र यात्रुलाई कुटपिट गरेका थिए ।”