थ्री स्टारले नियुक्त गर्यो मुख्य प्रशिक्षक र गोलकिपर प्रशिक्षक

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लब थ्री स्टारले मुख्य प्रशिक्षकमा मेघराज केसीलाई नियुक्त गरेको छ ।
केसीलाई मंगलबार मुख्य प्रशिक्षकमा नियुक्त गरिएको थ्री स्टार क्लबले जनाएको छ ।
नयाँ सिजनको ‘ए’ डिभिजन लिग नजिकिदै छ । त्यसैलाई लक्ष्य गरेर थ्री स्टारले केसीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
थ्री स्टारको विशेष आग्रहमा सम्झौता गरेको केसीले बताए ।
नयाँ सिजनको ‘ए’ डिभिजन लिग आगामी ११ फागुनबाट सुरु हुँदैछ ।
घरेलु फुटबलका हाइप्रोफाइल प्रशिक्षक केसी अघिल्लो सिजनमा सातदोबाटो युथ क्लबमा आबद्ध थिए ।
यसैबीच, थ्री स्टारले गोलकिपर प्रशिक्षक पनि नियुक्त गरेको छ । क्लबले उज्ज्वल मानन्धरलाई गोलकिपर प्रशिक्षक नियुक्त गरेको हो ।
ताजा अपडेट
-
लखनउ टी–२० : न्यूजिल्याण्डले दियो भारतलाई १०० रनको लक्ष्य
-
बेलायती प्रधानमन्त्री सुनकले बर्खास्त गरे पार्टी अध्यक्ष
-
नेपाल आइपुगिन् अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड
-
रविको पद प्राप्ति र समाप्तिमा दोषी को ?
-
चर्चित युवा ज्योतिषी दिवाकर पन्तको दोस्रो पुस्तक ‘दिव्य वास्तु विज्ञान’ बजारमा
प्रतिक्रिया