लाजियोसँग एसी मिलानको लज्जास्पद हार

काठमाडौं । इटालियन सिरी ए फुटबलमा लाजियोसँग एसी मिलानले लज्जास्प हार ब्यहोरेको छ ।
गएराति सम्पन्न खेलमा मिलानलाई लाजियोले ४–० को फराकिलो गोलान्तरमा पराजित गरेको हो ।
लाजियोका सेर्जिग मिलिन्कोभिचले चौथो मिनेटमा गोलको खाता खोल्दै सुरुवाती अग्रता दिलाएका थिए । ३८ औं मिनेटमा अर्को गोल थप्दै माटिया जाकाग्नीले अग्रता दोब्बर बनाए । खेलको ६७ औं मिनेटमा लुइस अल्बर्टो र ७५ औं मिनेटमा फेलिपे एन्डरसनले १–१ गोल गर्दै लाजियोलाई ४–० को जित दिलाए ।
योसँगै लाजियोले १९ खेलमा ३७ अंक बटुलेर तेस्रो स्थानमा छ भने मिलान ३८ अंक जोडेर दोस्रो स्थानमा छ ।
ताजा अपडेट
-
प्रधानमन्त्रीलाई थाहै नदिई मुख्यसचिवको नेतृत्वमा ८७ प्रकारका नीतिगत विषय गोप्य राख्ने निर्णय
-
सिंहदरबार फर्किन रविको पहल
-
लखनउ टी–२० : न्यूजिल्याण्डले दियो भारतलाई १०० रनको लक्ष्य
-
बेलायती प्रधानमन्त्री सुनकले बर्खास्त गरे पार्टी अध्यक्ष
-
नेपाल आइपुगिन् अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड
प्रतिक्रिया