तानसेन–रिडी–तम्घास सडक एक महिना बन्द

रामपुर । तानसेन–रिडी–तम्घास सडकखण्ड एक महिना बन्द हुने भएको छ । सो सडकखण्डको मालमुल जोर्ते क्षेत्रमा सडक चौडा गर्नका लागि सडक बन्द हुने भएको हो ।
माघ १० गतेदेखि फागनु ९ गतेसम्म सवारी आवागमन बन्द गरेर सडक मर्मत र चौडा गर्ने काम हुने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । हरेक दिन बिहान ५ देखि ९ बजेसम्म, मध्याह्न १२ देखि दिउँसो ४ बजेसम्म र बेलुका ६ देखि राति १० बजेसम्म सबै सवारी आवागमन बन्द हुने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख प्रदीपमणि निरौलाले बताए ।
यसअघि पनि सोही सडकखण्डमा पटक–पटक सूचना निकालेर सडक चौडा पार्ने काम हुँदैआएको थियो ।
उक्त सडकखण्ड भएर पाल्पा, गुल्मीलगायतका क्षेत्रका यात्रु दैनिक आवतजावत गर्दछन् । यस सडकखण्ड भएर आवतजावत गर्ने यात्रुले वैकल्पिकरूपमा जोर्ते, लुहुङ हुँदै तानसेनको बतासेडाँडाको बाटो प्रयोग गर्ने गरेका छन् ।
ताजा अपडेट
-
प्रधानमन्त्रीलाई थाहै नदिई मुख्यसचिवको नेतृत्वमा ८७ प्रकारका नीतिगत विषय गोप्य राख्ने निर्णय
-
सिंहदरबार फर्किन रविको पहल
-
लखनउ टी–२० : न्यूजिल्याण्डले दियो भारतलाई १०० रनको लक्ष्य
-
बेलायती प्रधानमन्त्री सुनकले बर्खास्त गरे पार्टी अध्यक्ष
-
नेपाल आइपुगिन् अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड
प्रतिक्रिया