NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

बागमतीमा मन्त्रिपरिषदले पूर्णता पाउँदै, को–को बन्दैछन् मन्त्रीहरू ?

काठमाडौं । बागमती प्रदेशको सत्ता साझेदार दलहरूले मन्त्रीहरूको नाम टुंगो लगाएको छ । सत्ता साझेदार दलहरू एमाले, माओवादी र राप्रपाबीच मन्त्रालयमा भागबण्डा मिलेपछि दलहरूले आ–आफ्ना मन्त्रीहरूको नाम टुंगो लागाएका हुन् । तीन दलबीच भएको सहमति अनुसार एमाले र माओवादीले चार/चार र राप्रपाले तीन मन्त्री पाउने सहमति गरेका थिए ।

यसैगरी माओवादीबाट संसदीय दलका नेता शालिकराम जम्कट्टेल मुख्यमन्त्री भइसकेका छन् । मन्त्रीमा सिन्धुलीका गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानून, सिन्धुपाल्चोकका युवराज दुलाल भौतिक पूर्वाधार विकास र मकवानपुरका कुमारी मोक्तान सामाजिक विकास मन्त्री बन्ने भएका छन् ।

राप्रपाबाट संसदीय दलका नेता उद्धव थापा खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री बन्ने भएका छन् । उनी मुख्यमन्त्रीका दाबेदार थिए । त्यस्तै डम्बरबहादुर तामाङ उद्योग, पर्यटन तथा सहकारी मन्त्री र राजु बिष्ट वन तथा वातावरण मन्त्री बन्ने भएका छन् । तीनदलीय भागबण्डामा राप्रपाका भुवन पाठक सभामुखमा निर्वाचित भइसकेका छन् । प्रदेशको विरोध गर्दै आएको राप्रपाबाट पहिलो पटक प्रदेश सभामुख जितेको छ ।

नवनियुक्त मन्त्रीहरूको सपथ दिउँसो २ बजेलाई राखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।