फिफा महिला विश्वकपको बल सार्वजनिक

काठमाडौं । सन् २०२३ फिफा महिला विश्वकप प्रतियोगिताको आधिकारिक बल मङ्गलबार अस्ट्रेलियाको सिड्नीमा सार्वजनिक गरिएको छ ।
सह–आयोजक अष्ट्रेलिया र न्युजिल्यान्डको संस्कृतिलाई स्मरण गर्दै खेलको बललाई ओसिआउन्ज नाम दिइएको छ ।
यसको डिजाइन दुई आयोजक राष्ट्रहरूको अद्वितीय प्राकृतिक परिदृश्यबाट प्रेरित भएर गरिएको बताइएको छ ।
बलमा आदिवासी कलाकार चेर्नी सटन र माओरी कलाकार फियोना कोलिसले डिजाइन गरेका छन् ।
ओसिआउन्जले पनि फिफा विश्वकप सन् २०२२ मा म्याच बल जस्तै जडान गरिएको प्रविधिलाई अङ्गालेको छ जसले म्याच अधिकारीहरूलाई तत्काल डेटा प्रदान गर्दछ ।
सन् २०२३ महिला विश्वकप जुलाई २० मा सुरु हुनेछ र उद्घाटन खेलमा न्युजिल्याण्डले नर्वेसँग खेल्नेछ । उक्त खेल अगाट २० सिड्नीमा समापन हुनेछ ।
ताजा अपडेट
-
लखनउ टी–२० : न्यूजिल्याण्डले दियो भारतलाई १०० रनको लक्ष्य
-
बेलायती प्रधानमन्त्री सुनकले बर्खास्त गरे पार्टी अध्यक्ष
-
नेपाल आइपुगिन् अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड
-
रविको पद प्राप्ति र समाप्तिमा दोषी को ?
-
चर्चित युवा ज्योतिषी दिवाकर पन्तको दोस्रो पुस्तक ‘दिव्य वास्तु विज्ञान’ बजारमा
प्रतिक्रिया