NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

सुनको मूल्य सामान्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं । मंगलबार हालसम्मकै उच्च मूल्य कायम गरेको सुनको मूल्य बुधबार सामान्य घटेको छ । बुधबार छापावल सुन प्रतितोला एक सय रूपैयाँ घटेर एक लाख ६ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

मंगबलार छापावाल सुनप प्रतितोला एक हजार रूपैयाँ बढेर एक लाख ६ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार सात सय कायम भएको छ ।

त्यस्तै बुधबार चाँदीको मूल्य स्थिर छ । बुधबार चाँदी मंगलबारकै मूल्य  प्रतितोला १ हजार ३६५ रूपैयाँमा कारोबार भइरहेको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।