NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

पाम तेल निर्यातमा गिरावट, ६ महिनामा १८ अर्बको आयात हुँदा निर्यात १३ अर्ब

काठमाडौं । चालु आव २०७९/८० को पहिलो ६ महिना अर्थात साउनदेखि पुससम्मको तथ्यांकअनुसार नेपालबाट विदेश निर्यात हुने मूख्य वस्तु पाम तेलको निर्यातमा गिरावट आएको छ  ।

चालु आवको पहिलो ६ महिनाको तथ्यांकअनुसार नेपालबाट कुल १३ अर्ब ८ करोड ८२ लाख ४४ हजार रूपैयाँको पाम तेल निर्यात भएको छ । जुन गत वर्षको तुलनामा १८ अर्ब रूपैयाँले कमी हो ।

गत वर्ष ०७८/७९ को सोही अवधिमा नेपालबाट ३१ अर्ब ९७ करोड ५५ लाख ८६ हजार रूपैयाँको पाम तेल भारत निर्यात भएको थियो ।

यातमासमेत गिरावट

चालु आवको ६ महिनामा पाम तेल निर्यातमा मात्रै नभएर आयातमा समेत गिरावट आएको देखिएको छ ।

गत आव ०७८/७९ को पुससम्ममा २८ अर्ब ७८ करोड २९ लाख ६८  हजार रूपैयाँको कच्चासहितको पाम तेल आयात भएको थियो । चालु आवको सोही अवधिमा आयात घटेर १८ अर्ब ७९ लाख ८ लाख ८४ हजार रूपैयाँको पाम तेल आयात भएको छ ।

नेपालमा इन्डोनोसिया, फिलिपिन्स, भारत, मलेसियालगायतका देशबाट पाम तेल आयात हुँदै आएको छ । नेपालले पाम तेल निर्यात भने छिमेकी मूलुक भारतमा गर्दै आएको छ ।