NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

३० वर्ष कटेपछि यी कुराबाट दुरी बढाउनुहोस्

काठमाडाैं । ३० वर्ष कटेपछि हाम्रो  शरिरको मेटाबोलिज्म सुस्त हुँदै जान्छ । त्यसैले ३० वर्ष कटिसकेपछि नुन, चिल्लोपदार्थ, गुलियो पदार्थको कम सेवन गनुपर्छ । ३० वर्षपछि हामीले खानेकुरा र जीवनशैलीमा परिवर्तन गरेनौँ भने उमेरभन्दा पहिले नै बुढ्यौलीको असर देख्न थाल्छ ।

दिन, हप्ता महिना भन्दा भन्दै हाम्रो उमेर ढल्किँदै जान्छ । अहिले २० वर्षको उमेरमा तपाइँले जस्तो महसुस गर्नुहुन्छ, ३० सालपछि त्यस्तै महसुस गर्न सक्नुहुन्न । ३० वर्षपछि तपाइँको शरिरमा विभिन्न परिवर्तन देखा पर्दै जाने छ । ३० वर्षपछि चाहेर पनि त्यसभन्दा अघिको जस्तो फिट रहन मुस्किल नै हुन्छ ।

त्यसैले ३० वर्ष कटेपछि तपाइँले आफ्नो स्वास्थ्य, खानपिन र जीवनशैलीमा थप ध्यान दिनैपर्छ । ताकि बढ्दो उमेरले तपाइँको सुन्दरता र स्वास्थ्यमा कम असर परोस् । ३० वर्ष नाघिसकेपछि ध्यान दिनुपर्ने कुराहरू धेरै छन् तर आज यस लेखमा हामी ३० वर्षपछि के के खानेकुराबाट टाढा रहने भन्नेबार जानकारी गराउनेछौँ :

प्रशोधित दहीँ

अक्सर मान्छेहरू मिठो अर्थात गुलियो खानेकुराबाट टाढा रहनको लागि मिठाइ, आइसक्रिम, कुकीजजस्ताबाट दुरी बढाउन खोज्छन्, वास्तवमा यसले आफैलाई धोका दिइरहेको हुन्छ ।

वास्तवमा ब्रेड, केचप दहीँ यस्ता खानेकुरा हुन् जसलाई हामी मिठाइ हैन भनेर खाइरहेका छौँ । तर तपाइँलाई यो थाहा पाउँदा हैरानी हुन सक्छ दहीँमा एक कचौँरा आइसक्रिमजत्ति नै चिनी हुन्छ । त्यसैले उमेर बढेसँगै प्रशोधित दहीँको सेवन सकेसम्म नगर्ने, नसकेको खण्डमा निकै कम गर्नुपर्छ ।

तयारी (प्याकेजिङ) सुप

जुनसुकै व्यक्तिलाई दैनिक ५० ग्रामभन्दा बढी नुन स्वास्थ्यको लागि हानिकारक नै हुन्छ । दिनभरमा मानिसले २३ सय ग्राम सोडियमको प्रयोग गर्दा स्वास्थ्यको लागि हानी गर्दैन । तयारी सुप एकपटक खाँदा कम्तीमा ४० प्रतिशत सोडियम हाम्रो शरिरमा जान्छ । यसलाई दैनिक २/३ पटकभन्दा बढी खाएमा शरिरमा सोडियमको मात्रा बढी हुन जान्छ । कति सुपमा बिपिए नामक केमिकल हुन्छ, जसले क्यान्सर, बाँझोपन साथै तौल बढ्ने जस्ता समस्या निम्तिन सक्छ ।

तयरी सुपको सट्टामा घरमै ताजा सुप बनाएर पिउन सकिन्छ ।

कोल्ड डिंग्स

सन्तानको योजना बनाउँदै गरेका दम्पतीका लागि कोल्ड डिंग्स विषसमान हुन्छ । त्यसैले दम्पतीले कोल्ड डिंग्सबाट अलग नै रहनुपर्छ । कोल्ड डिंग्समा क्यान्सर बनाउने खालको रङ प्रयोग गरेको हुन्छ । कोल्ड डिंग्सको सेवन गर्दा शरिरमा अनावश्यक चिनीको मात्रा पनि बढ्दै जान्छ । चिनीले महिलाको डिम्ब र पुरूषको शुक्रकिटमा खराब असर पु-याउँछ । जसले गर्भधारणमा असर गर्न सक्छ । त्यसैले यसको सेवनाबाट अलग रहनुहोस् ।

रक्सी अथवा वियर

आहारा विशेषज्ञका अनुसार उमेर बढेसँगै हाम्रो शरिरले रक्सी वियरजस्ता मादक पदार्थलाई पचाउन गा-हो हुन्छ । त्यसैले उमेर बढ्दै गएसँगै यस्ता चीजको सेवनबाट टाढै रहने कोशिस गर्नुपर्छ । रक्सीले स्वास्थ्यलाई नराम्रो क्षति पु-याउने भएकाले जुनसुकै उमेर समूहले यसको सेवन नगर्दा नै उत्तम हो ।

ह्वाइट ब्रेड

ब्रेकफास्टमा ह्वाइट ब्रेड सामान्य कुरा हो, धेरैले ब्रेकफास्टमा ह्वाइट ब्रेडको नै प्रयोग गरेको पाइन्छ । तर यसको नियमित सेवनले तौल बढ्छ् । यसमा काब्रोहाइड्रेडको मात्रा बढी हुन्छ जसले गर्दा शरिरमा फ्याटको रूपमा जम्मा हुन्छ । ह्वाइट ब्रेडले ब्लड सुगरसमेत निम्त्याउन सक्छ ।

उच्च सोडियमयुक्त चाइनिज परिकार

बजारमा स्वादिष्ट उच्च सोडियमयुक्त खानेकुरा सजिलै उपलब्ध छन् । खाँदा मिठो लाग्ने ती खानेकुराले दीर्घकालिन स्वास्थ्यमा असर पु-याउँछ भन्ने जानेर पनि हामीले त्यसको प्रयोग गरिरहेका हुन्छौँ  । तर त्यस्ता खानेकुराले हाम्रो छालामा असर पुगिरहेको हुन्छ । साथै ब्लड प्रेसर बढाउँछ । उमेरभन्दा अघि नै त्यसले बुढो बनाउँछ । त्यसैले यस्ता खानेकुराबाट टाढा रहुनपर्छ ।

कफी

बढी कफी सेवनले छिट्टै मानिसको छाला सुख्खा बनाउँछ र उमेरभन्दा अघि नै बुढो बनाउँछ । त्यसो त दिनमा खराब विकिरणले हाम्रो छालालाई असर गरिरहेको हुन्छ । त्यस्तै जब हामी सुत्छौँ त्यतिबेला शरिरमा कोशिकाहरू मर्मत भइरहेका हुन्छन् । तर क्याफिने निन्द्रा खल्बल्याउँछ ।

यसबाहेक सुगर फ्रि खाद्य पदार्थ, प्याकेजिङ खाद्यपदार्थ, प्रोटिन पर्दाथ, पिनट, चिप्स, प्याकेजिङ कफीलगायत लामो सयमसम्म फ्याक्ट्री अथवा बजारमा स्टोर गरेर राखेको हुन्छ । लामो समयसम्म स्टोर गरेर राखेको खानेकुराले हामीलाई रोगी बनाउनुका साथै उमेरभन्दा  अघि बुढो बनाउँछ । (एजेन्सीको सहयोगमा)