NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

माधव नेपालको भातृ संगठनले जलायो शिक्षा मन्त्रीको पुत्ला

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालको पुत्ला जलाएको छ ।

शिक्षामन्त्री खनालले निजीलाई पोसेर गरिब विद्यार्थीलाई अन्याय गरेको आरोप लगाउँदै अनेरास्ववियूले शुक्रबार बिहान प्रदर्शनी मार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा पुल्ता दहन गरेका हुन् ।

त्यसक्रममा उनीहरूले शिक्षा मन्त्रीविरुद्ध नाराबाजी गर्दै राजीनामा माग गरेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदसमेत रहेका खनाल शैक्षिक दलाल भएको अनेरास्ववियूको आरोप छ ।