NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

साउदी सुपर कप : चम्किएनन् रोनाल्डो, अल नासर सेमिफाइनलबाटै आउट

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको क्लब अल नासर साउदी सुपर कपको सेमिफाइनलबाटै बाहिरिएको छ ।

पोर्चुगलका स्टार खेलाडी रोनाल्डोलाई महँगोमा अनुबन्धित गरे पनि अल नासर साउदी सुपर कपबाट बाहिरिएको हो ।

अल नासरको तर्फबाट पहिलो पटक मैदानमा उत्रिँदा जित निकालेका रोनाल्डोले सेमिफाइनलबाट भने क्लबलाई अघि बढाउन सकेनन् । उनको क्लब इत्तेहादसँग ३–१ ले पराजित भयो ।

अल इत्तेहादको जितमा रोमारिन्हो, हमदालाह र अल शानक्वीटीले समान १–१ गोल गरे ।

अल नासरका लागि तलिस्काले सान्त्वना गोल फर्काए ।

ताजा अपडेट

नेपालवाच विशेष