NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

राष्ट्र बैंकद्वारा ‘विप्रेषण विनियमावली २०६७’ खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘नेपाल राष्ट्र विप्रेषण विनियमावली २०६७’ लाई खारेज गरेको छ । राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली २०६७’ लाई खारेज गर्दै ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली २०७९’ जारी गरेको हो ।

राष्ट्र बैंकले उक्त नयाँ विनियमावली जारी गरेको जानकारी गराउँदै  विदेशी विनिमय ब्यबस्थापन विभागले नयाँ नियमावली बमोजिम गर्न गराउनको विप्रेषण कारोबार गर्ने सम्पूर्ण कम्पनीहरुलाई निर्देशन दिएको छ ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ११० को उपदफा (२) र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९ जारी गरेको जनाएको छ ।