NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

दक्षिण अफ्रिकाबाट १२ वटा चितुवा ल्याउँदै भारत

नयाँदिल्ली । आगामी महिना भारतले दक्षिण अफ्रिकाबाट १२ वटा चितुवा ल्याउने भएको छ ।

मध्यप्रदेशको कुनो राष्ट्रिय वन्यजन्तु निकुञ्जमा ती चितुवा राखिने छ । उक्त निकुञ्जमा हाल नामिवियाबाट ल्याइएका आठ वटा चितुवा छन् ।

भारत सरकारको चितुवा पुनः स्थापना गर्ने परियोजना कार्यान्वयन गर्न आगामी आठदेखि १० वर्षमा एक सय वटा चितुवा भारत ल्याउने सहमति दक्षिण अफ्रिकासँग भएको छ ।

दक्षिण अफ्रिकाको वातावरण मन्त्रालयका अनुसार चितुवा पुनःस्थापना भारत सरकारको प्राथमिकतामा परेको तथा स्थानीय समुदायको जीवन यापनमा राष्ट्रिय निकुञ्जमार्फत योगदान हुने भारतको अपेक्षा छ । सहमतिअनुसार दक्षिण अफ्रिकाले आगामी आठदेखि १० वर्षसम्म वर्सेनि १२ वटा चितुवा भारत पठाउने छ ।