NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

अदालतको फैसलासँगै प्रधानमन्त्रीसामु रविले बुझाए राजीनामा

काठमाडौं । सर्वोच्च अदालतले नागरिकतासम्बन्धी मुद्दामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई दोषि ठहर गरेसँगै उनले राजनीनामापत्र बुझाएका छन् ।

उनले आजै बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामापत्र बुझाएका हुन् ।

लामिछाने प्रचण्डले पहिलोपटक गरेको मन्त्रिपरिषद् विस्तारमा उपप्रधान तथा गृहमन्त्री भएका थिए । राजनीतिमा होमिएको ६ महिनामै उक्त पदमा पुगेका लामिछाने अब राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पनि नरहने भएका छन् ।

नागरिकता पुनः प्राप्तीको पक्रिया पूरा नगरेको भन्दै अदालतले आज उनको सबै पद बदर गरेको हो ।