NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

उरुग्वेका चार खेलाडी र फुटबल संघमाथि फिफाको कारबाही

फुटबल संघलाई जरिवाना, चार खेलाडीलाई प्रतिबन्ध

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले उरुग्वेका चार खेलाडी र त्यहाँको राष्ट्रिय फुटबल संघमाथि कारबाही गरेको छ ।

खेल अनुशासनविपरीत रेफ्रीमाथि दुर्व्यवहार गरेको भन्दै फिफाले उरुग्वेका चार खेलाडीमाथि कारबाही गरेको हो । कतारमा सम्पन्न विश्वकप फुटबलमा घानाविरुद्ध पेनाल्टी नदिएको भन्दै उरुग्वेका चार खेलाडीले रेफ्रीमाथि दुर्व्यवहार गरेका थिए ।

कारबाहीमा परेका खेलाडीमा डिएगो गोडिन, एडिन्सन, फनाल्डो मुस्लेरा र जोसे मारिया जिमिनेज छन् । यीमध्ये मुस्लेरा र जिमिनेजलाई चार गोडिन तथा एडिन्सनलाई एक खेल खेल्न नपाउने गरी कारबाही गरिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, उनीहरूलाई २० हजार स्विस फ्रान्क जरिवाना पनि सुनाइएको छ ।

खेलाडीको अनुशासनलाई लिएर फिफाले उरुग्वेको फुटबल संघलाई पनि ५० हजार स्विस फ्रान्क जरिवाना गरेको छ ।