NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

अष्ट्रेलियन ओपनको उपाधि बेलारुसकी साबालेन्काको पोल्टामा

काठमाडौं । अष्ट्रेलियन ओपन २०२३ को उपाधि बेलारुसकी आर्याना साबालेन्काले जितेकी छन् ।

महिला एकलतर्फको फाइनल खेलमा उनले कजाकिस्तानकी एलेना रिबाकिनालाई ४–६, ६–३ र ६–४ को सेटमा पराजित गरेकी हुन् । साबालेन्काको यो पहिलो ग्राण्डस्लाम उपाधि हो।

रुस–युक्रेन युद्धमा बेलारुसले रुसलाई समर्थन गरेकाले उनले तटस्थ झण्डामुनि खेलेकी थिइन् ।

यसअघि सन् २०२२ मा रिबाकिनाले विम्बल्डनको रूपमा आफ्नो पहिलो ग्रान्ड स्लाम जितेकी थिइन् ।