NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

तीन दिनमा कति कमायो शाहरुखको पठानले ?

काठमाडौं । शाहरुख खानको फिल्म ‘पठान’ को तीन दिनको विश्वव्यापी कलेक्सन ३ सय करोड नाघेको छ ।

यशराज फिल्म्सका अनुसार शाहरुख–दीपिका स्टारर फिल्म पठानको हिन्दी संस्करणले रिलिजको तेस्रो दिन ३८ करोड रुपैयाँ कमाएको छ भने अन्य भाषामा १.२५ करोड रुपैयाँ कलेक्सन गरेको छ ।

यो फिल्म हिन्दीबाहेक तमिल र तेलुगु भाषामा २५ जनवरीमा रिलिज भएको छ ।

यशराज स्टुडियोले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तेस्रो दिन भारतबाट कुल कलेक्सन ३९.२५ करोड रुपैयाँ प्राप्त भएको छ । ’

यसैबीच यो फिल्मले विदेशबाट ४३ करोड रुपैयाँ कमाएको छ ।

पठान शाहरुख खानको पछिल्लो चार वर्षमा सबैभन्दा ठूलो रिलिज फिल्म हो।

समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार फिल्मले पहिलो दिन १०६ करोड र दोस्रो दिन ११३.६ करोड कमाएको थियो । तीन दिनमा फिल्मले घरेलु बजारबाट २०१ करोड र विदेशबाट ११२ करोड रुपैयाँ कलेक्सन गरेको छ ।

यस हिसाबले फिल्मको अहिलेसम्म ३१३ करोड भारु कलेक्शन भएको छ ।