NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

नागरिकता लिन आज रविले प्रक्रिया थाल्ने

काठमाडौं । रवि लामिछानेले नागरिकता पुनः प्राप्तिका लागि आज प्रक्रिया थाल्ने भएका छन् ।

सर्वोच्च अदालतले शुक्रबार रवि नेपाली नागरिक नरहेको फैसला गरेसँगै उनी पुनः नागरिकता प्राप्ति प्रक्रियामा जान लागेका हुन् ।

अमेरिकी नागरिकता त्यागेका लामिछानेले नेपाली नागरिकता प्राप्त गर्ने प्रक्रिया पूरा नगर्दा अदालतको फैसलाबाट एक साथ सांसद, मन्त्रीसहित चार पद गुमाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले लामिछानेले आइतबार आज पुनः नागरिकता प्राप्तिका लागि प्रक्रिया थाल्ने जानकारी दिए ।

‘लामिछानेले आइतबार नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया थाल्नुहुन्छ,’ उनले भने ।

रवि नेपाली नागरिक नभएको सर्वोच्चको फैसलापछि उनी नेतृत्वको दल राष्ट्रिय स्वतन्त्र पार्टीको भविष्य के हुने भन्ने अन्योल देखिएको छ । ढकाल रविकै नेतृत्वमा पार्टी अघि बढ्ने बताउँछन् ।

संविधानअनुसार गैरसांसद ६ महिना मन्त्री बन्न पाउने भएकाले नागरिकता लिएपछि रविलाई पुनः पुरानै जिम्मेवारीमा फर्किंन पनि कतिपयले सुझाएका छन् । तर यसबारेमा भने उनको पार्टीले कुनै निर्णय लिएको छ ।