अमेरिका : टायरी निकोल्सको मृत्युपछि प्रहरीको स्कर्पियन युनिट विघटन

काठमाडौं (एजेन्सी) । अमेरिकाको टेनेसी राज्यको मेम्फिस सहरको प्रहरीले आफ्नो स्कर्पियन (स्कोर्पियन) विशेष इकाईलाई विघटन गरेको छ ।
प्रहरीको कुटपिटबाट अश्वेत व्यक्ति टायरी निकोल्सको मृत्युले चौतर्फी आलोचना ओइरिएपछि यो निर्णय गरिएको हो ।
एक विज्ञप्ति जारी गर्दै त्यहाँको प्रहरीले भनेको छ, ‘यो टोलीलाई स्थायी रूपमा निष्क्रिय पार्नु सबैको हितमा छ। केही व्यक्तिहरूको क्रूर कार्यहरूले स्कर्पियन्सलाई बदनाम पारेको छ ।’
SCORPIAN अंग्रेजी शब्द स्ट्रिट क्राइम्स अपरेसन टू रिस्टोर पिस इन आवर नेबरहुड्सको संक्षिप्त रूप हो । कार चोरी र अन्य ठूला अपराध नियन्त्रण गर्न १५ महिनाअघि अक्टोबर २०२१ मा स्कर्पियन युनिट गठन गरिएको थियो। ५० प्रहरीको दरबन्दी रहेको यो टोलीको उद्देश्य कुनै खास क्षेत्रमा अपराध न्यूनीकरण गर्नु हो ।
यसअघि सार्वजनिक भएको एउटा भिडियोमा केही प्रहरी अधिकारीले २९ वर्षीय अश्वेत व्यक्ति टायरी निकोल्सलाई कुटपिट गरेको देखिएका थिए। यो भिडियो ७ जनवरीको रहेको बताइएको छ ।
निकोल्सको परिवारले प्रहरीको निर्णयलाई आफ्ना वकिलहरूले जारी गरेको विज्ञप्तिमा स्वागत गरेका छन्। उनका आफन्तहरूले यो निर्णयलाई मेम्फिसका सबै नागरिकका लागि ‘सभ्य र न्यायोचित’ भनेका छन्।
प्रहरी विभागले गत हप्ता टायरी निकोल्सलाई कुट्ने पाँच प्रहरी अधिकारीहरूलाई बर्खास्त गरेको छ ।
यी पाँचमध्ये चार जना जमानत पाएर शुक्रबार बिहान हिरासतबाट रिहा भएका छन् । बिहीबार ती सबै अधिकारीलाई हिरासतमा लिएर हत्या, कुटपिट, अपहरण, दुर्व्यवहार र उत्पीडनको आरोप लगाइएको थियो।
ताजा अपडेट
-
वास्तुशास्त्र अनुसार घर बनाउँदा मुख्य गेटदेखि शौचालय कुन दिशामा राख्दा ठिक ?
-
राष्ट्रपतिको प्रमुख आतिथ्यमा टुँडिखेलमा घोडेजात्रा सम्पन्न
-
प्रचण्ड सरकार चलाउने जिम्मा कांग्रेसको हातमा आएको छ, राम्रोसँग व्यवस्थापन गर्नुपर्छ : कोइराला
-
दलीय संकीर्णताबाट माथि उठेर संक्रमणकालीन न्याय टुंग्याउँ : महामन्त्री थापा
-
उद्योगमा लगानी : ६२ वर्षमा २८ खर्ब
प्रतिक्रिया