NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

सुनको मूल्य सामान्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं । साताको पहिलो दिन आइतबार सुनको मूल्य सामानय बढेको छ । आज सुनको मूल्य प्रतितोला २ सय रूपैयाँ बढेर एक लाख ६ हजार रूपैयँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार सुनको मूल्य एक लाख पाँच हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार पाँच सय रूपैयाँ कायम भएको छ ।

त्यस्तै शुक्रबार स्थिर चाँदी आज  १५ रूपैयाँले घटेर एक हजार तीन सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी एक हजार ३८० रूपैयाँमा कारोबार भएको थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।