NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

ब्ल्याकहेड्स हटाउने ४ घरेलु उपाय

काठमाडौं । छाला सफा र सुन्दर होस भन्ने चाहना सबैलाई हुन्छ । तर हाम्रो चाहनाका बावजुद पनि अनुहारमा विभिन्न कारणले कालो दागहरू देखापर्छन । यसैमध्ये एक हाे ब्ल्याकहेड्स। याे सबैको सामन्य समस्या हो । नाकमा प्रष्ट देखिने काला काला फोहरले अनुहारमा नै प्रभाव पारेको हुन्छ । ब्ल्याकहेड्स आउनुका धेरै कारण भएपनि एक हो अनुहारमा तेलको बढी हुनु ।

यस्ता छन् ब्ल्याकहेड्स हटाउने  केही घरेलु उपायः 

बेकिङ सोडा

बेकिङ सोडा यसको लागि प्रभावकारी मानिन्छ । बेकिङ सोडा र पानीको मिश्रण ब्ल्याकहेड्स भएको ठाउँमा राम्रोसँग लगाएर एकछिन राख्नुहोस् र पखाल्नुहोस । यसले अनुहारमा आउने चिल्लो तेलको मात्रा घटाउँछ ।

अण्डा

अण्डा कपाल र अनुहारको लागि राम्रो मानिन्छ । अण्डा सेतो भागलाई ब्ल्याकहेड्स भएको ठाउँमा लगाउनाले पनि ब्ल्याकहेड्स जान्छ र आउन पनि कम हुन्छ ।

नरिवलको तेल र चिनीको प्याक

नरिवलको तेल र चिनीको मिश्रणले ब्ल्याकहेड्स भएको ठाउँमा स्क्रब गर्नाले पनि यसको समस्याबाट छुटकारा पाउन सकिन्छ । यसको सँगै नरिवलको तेलमा बेसारको मिश्रण पनि लगाउन सकिन्छ ।