NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

रविलाई सभापति बनाउन रास्वपाले बोलायो केन्द्रिय बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेलाई आजै पार्टी सभापति घोषणा गर्ने तयारी गरेको छ । यसका लागि पार्टी कार्यालय बसुन्धारमा केन्द्रिय बैठक बोलाएको छ ।

शुक्रबार (माघ १३) गते सर्वोच्च अदालतले नागरिकता मुद्दामा दोषी ठहर गरेको थियो । दोषी ठहर भएपछि उनको पार्टीको सभापति पदसँगै सांसद, उपप्रधानमन्त्री पनि गुमेको थियो ।

आज उनले प्रकृयागत रूपमा जिल्ला प्रशासन कार्यालय काठमाडाैंबाट नेपाली नागरिता लिएपछि फेरि पार्टी सभापति घोषणा गरिने तयारी भइरहेको रास्वपाले जनाएको छ ।