NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

भिभोको नयाँ मोडल ‘वाई ०२’ सार्वजनिक

काठमाडौं । भिभो, एक अग्रणी विश्वव्यापी टेक्नोलोजी ब्रान्डले वाई सिरिजमा नयाँ मोडल ‘वाई ०२’ सार्वजनिक गरेको छ । यो नयाँ स्मार्टफोनले युवा ग्राहकहरुलाई सुलभ मूल्य दायरामा नवीन तथा सुविधायुक्त विशेषताहरु प्रदान गर्दछ ।

वाई०२ मा दिनभरिका कामहरू सहजै पूरा गर्न लामो समयसम्म चल्ने ५००० एमएएच विशाल ब्याट्री, पर्याप्त स्टोरेजका लागि २ जीवी र्याम + ३२ जीवी रोम तथा सुन्दर तथा आकर्षक डिजाइन रहेको छ । यो स्मार्टफोन रु १२,४९९ मुल्यमा देशभरका सबै रिटेल स्टोरहरुमा उपलब्ध छ ।

वाई०२ मा ६.५१ इन्चको एजडीं डिस्प्ले रहेको छ र इमर्सिभ तथा रमाइलो दृश्यको सहज अनुभवका लागि आई प्रोटेक्शन मोड पनि रहेको छ । यसको २.५डी स्लिम बडी डिजाइनले यसलाई आकर्षक बनाउँनका साथै हातमा बोक्दा पनि आरामदायी बनाउँछ । यो स्मार्टफोन दुई सुन्दर रंगहरू – कस्मिक ग्रे र अर्किड ब्लूमा उपलब्ध छ ।

वाई०२ सार्वजनिक गरेको अवसरमा भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माईकलले भने ‘युवा उपभोक्ताहरूलाई लक्षित गरी वाई सिरिजले बजारमा आफूलाई सबैभन्दा लोकप्रिय स्मार्टफोन सिरिजहरू मध्ये एकको रूपमा स्थापित गरेको छ । वाई सिरिज युवा ग्राहकहरुका लागि लक्षित गरिएको छ जो आफ्नो व्यस्त जीवनशैलीलाई निरन्तरता दिन स्मार्टफोनहरूमा निर्भर पर्छन । यसको विशाल ५०००एमएएच ब्याट्री, २जीवी + ३२जीवी स्टोरेज लगायतका अद्वितीय क्षमताले वाई०२ लाई ग्राहकहरुको आदर्श साथी बनाउँछ भन्ने हाम्रो विश्वास रहेको छ ।’

शक्तिशाली प्रदर्शन र लामो समय सम्म चल्ने ब्याट्री

भिभो वाई०२ मिडियाटेक पी२२ द्वारा संचालित छ जसले उच्च प्रदर्शन र विश्वसनीयता प्रदान गर्दछ । यसमा २जीवी र्याम + ३२जीवी स्टोरेजका साथै १टिवी सम्म विस्तार गर्न सक्ने क्षमता रहेको छ । यसको ५००० एमएएच ब्याट्रीले दिनभरका सम्पूर्ण कामको लागि पर्याप्त शक्ति प्रदान गर्दछ जहाँ प्रयोगकर्ताहरुले आफुलाई मनपर्ने गित तथा गेमको आनन्द लिन सक्छन् ।

उच्च गुणस्तरका तस्बिरहरूको लागि सुपीरियर क्यामेरा

वाई०२ मा ८एमपी रियर क्यामेरा तथा ५एमपी फ्रन्ट क्यामेरा रहेको छ जसले प्रयोगकर्ताहरुको क्यामेरा अनुभवलाई सुधार गर्दछ । यसमा फेस ब्यूटी र टाइम–ल्याप्स जस्ता सुविधाहरू छन् जसले दिन–प्रतिदिन प्रयोगकर्ताहरुको शूटिंग अनुभवलाई वृद्धि गर्दछ । र, परिणाम स्वरुप समग्र फोटोग्राफी अनुभवलाई बढाउँदै उनीहरुले आकर्षक तथा उच्च गुणस्तरको फोटोहरु खिच्न सक्छन् ।

निर्विघ्न अनुभव

नवीनता र गुणस्तरका लागि चिनिने भिभोले प्रयोगकर्ता अनुभवलाई सुधार गर्न वाई०२ मा धेरै नयाँ विशेषताहरू थपेको छ ।

– फेस वेकः भिभोको फेस वेक सुविधाले द्रूत गतिमा फोन अनलक गर्छ ।

– मल्टी टर्बो ५.५ भिभोको एक्सक्लुसिभ मल्टी टर्बो ५.५ खेलहरूमा ल्याग कम गर्न कोर दृश्यहरूलाई अप्टिमाइज गर्नमा केन्द्रित छ । यो उपकरण मेमोरी र सीपीयूलाई प्राथमिकता दिन (विशेष गरी जब पृष्ठभूमिमा धेरै एपहरू एकैसाथ चलिरहेको बेला) इन्जिनियरिङ गरिएको छ ।